‘अभाव झेलिरहेका नागरिकलाई नेपाल फर्कने व्यवस्था मिलाउनू’: सर्बोच्च अदालत  |  भारतबाट १७३ मालबाहक गाडी भित्रिए  |  एतिहाँसीक नुवाकोटको सिन्दूरे जात्रा स्थगित  |  पसलमा भीड हुन थालेपछि ‘लकडाउन’ कडा  |  नेकपा बैठकमा प्रधानमन्त्रीबाट सरकारी कदमबारे जानकारी  |  काठमाण्डौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने ५४५ सवारी नियन्त्रणमा  |  विद्यालयमा क्वारेन्टाइन सञ्चालनका लागि १२ बुँदे आचारसंहिता,के के छ आचारसंहितामा ?  |  राष्ट्रिय शैक्षिक परामर्श संघद्धारा बिदेशमा अध्ययनरत विद्यार्थीलाई सहयोग गर्न एक्सन टिम गठन  |  राहत वितरणको तस्वीर खिच्न नपाइने : नगरभित्र खाद्यान्नको एउटै दरभाउ  |  सङ्कटका काला बादल अवश्य हटेर जानेछन्ः प्रधानमन्त्री
कृषि/प्रविधि
Dec 06, 2019
कृषिमा सरकारी रकम दुरुपयोग
तम्घास,  मङ्सिर २० हुमाकान्त पोखरेल गुल्मीमा एक आयोजनाको काम सम्पन्न नभईकनै भुक्तानी गरिएको पाइएको छ । जिल्लाको छत्रकोट गाउँपालिका–५ स्थित ढुङ्गेदेउराली वागवानी उपभोक्ता समूहलाई पूरा काम नै नगरी भुक्तानी गरेको पाइएको हो । ढुङ्गेधारामा कागती खेतीका लागि आव २०७५÷७६ मा ५ नं प्रदेशको भूमि, व्यवस्था तथा कृषि मन्त्रालयद्वारा कागती खेतीका लागि रु १३ लाख ३२ हजार ६५० र गाउँपालिकाबाट रु दुई लाख ३४ हजार ७७६ गरी कुल रु १५ लाख ५६ हजार ४२६ विनियोजन भएको थियो । त्यसरी विनियोजन गरिएको बजेटको २०७६ असार मसान्तभित्र सबै काम सकिसक्नुपर्ने हो । तर मन्त्रालय र गाउँपालिकाले आयोजनाको कामको अनुगमन र मूल्याङ्कनसमेत नगरी नक्कली कागजपत्र बनाएर काम पूरा नभएको योजनाको भुक्तानी दिएको प्रमाणित भएको छ । उक्त आयोजनाको आर्थिक वर्ष सकिएको पाँच महिना सकिसक्दा पनि सम्झौताअनुसारको काम भने हुन सकेको छैन । अहिले कागती खेतीका लागि भन्दै ढुङ्गेधाराको खाली जमीनमा खाल्डा पारिएको छ । शुरुको चरणमा २५० कागतीका बिरुवा रोपे पनि अहिले केही मात्र जीवित छन् । बिरुवाका लागि अपनाउनुपर्ने कुनै पनि संरक्षणको उपाय नअपनाउँदा रोपेका बिरुवासमेत मर्न थालेका छन् भने कतिपय बिरुवा गाईवस्तुले खाएका छन् । अहिले जीवित र मरेका बिरुवाका सङ्ख्याबारे उपभोक्ता समिति पनि अनभिज्ञ छ । वागवानी समितिका सचिव चुराबहादुर कुँवरले आयोजनामा आएको बजेटको स्रोत नै आफूलाई थाहा नभएको बताउनुभयो । “गाउँपालिका र प्रदेश सरकारले रु १५ लाख दिएको हो भन्ने सुनिन्छ, वास्तविकता कसैले भन्दैनन्”, उहाँले भन्नुभयो, “सबै काम समितिका अध्यक्षले गर्नुहुन्छ, हामीलाई पत्तै हुँदैन ।” उपभोक्ता समितिका अध्यक्ष विष्णु पौडेलले प्रदेश र गाउँपालिकाबाट विनियोजित रकम सबै भुक्तानी लिएको बताउनुभयो । थोरै काम बाँकी भए पनि धेरै काम पूर्ण गरिएको उहाँले बताउनुभयो । अहिले पनि समितिको खातामा रु एक लाखभन्दा बढी रकम बचत रहेको र आफूले समितिका सबै पदाधिकारीसँग समन्वय गरेर काम गरेको उहाँको भनाइ छ । गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले काम सम्पन्न भएपछि नै भुक्तानी हुनुपर्ने बताउनुभयो । उपभोक्ता समिति गठन भइसकेपछि त्यसले गरेको काम अनुगमन समिति र मूल्याङ्कन समितिले निरीक्षण गरिसकेपछि मात्र भुक्तानी हुनुपर्नेमा आफू सहमत रहेको उहाँले प्रतिक्रिया दिनुभयो । वागवानीमा भएको अनियमितताबारे पनि आफ्नो ध्यानाकर्षण भएको उहाँको भनाइ छ । खानेपानी ट्याङ्कीमा दुईपटक तारबार ढुङ्गेधाराको माथि देउरालीमा एउटा सिमेन्ट पोखरी निर्माण गरिएको छ । जहाँबाट कागती खेतीका लागि आवश्यक सिँचाइ हुनेछ । तर अचम्मको कुरा के छ भने पोखरीमा पनि दुईपटक तारबार गरिएको छ । शुरुमा पोखरीभन्दा करिब एक मिटरको दूरीमा पोखरी वरिवरि काँडेतार लगाइयो । तर पछि मदिरा सेवन गरेका युवाले भाँचेको भन्दै पहिलेको भन्दा केही नजीकबाट पोखरीलाई तारबार गर्न थालिएको छ । पछिल्लो पटक तारबार गर्दा लाग्ने खर्च कारवाहीमा परेका युवाले दिने सहमति भए पनि बालबच्चालाई भने दुर्घटनाको जोखिम बढेको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video