बागी उम्मेदवारी फिर्ता गराउने गठबन्धनको निर्णय, तालमेल नभएका पालिकामा अन्तिमसम्म कोसिस गर्ने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ बैशाख २०७९, बुधबार
1 Min Read
Aa
sf7df8f}F, !% kmfu'gM ;Qf?9 bnsf] a}7s afn'jf6f/df cfOtaf/ a;]sf] ;Qf?9 bnsf] a}7s . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाण्डाै – सत्तारुढ पाँच दलीय गठबन्धनले बागी उम्मेदवारी फिर्ता गराउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बुधवार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूको बैठकले महानगरपालिका, उपमहानगरपालिका र गठबन्धन भएका पालिकामा परेको बागी उम्मेदवारी फिर्ता गराउने निर्णय गरेको हो ।

बैठकले गरेको सात बुँदे निर्णयअनुसार ६ वटा महानगर र ११ वटा उपमहानगरपालिकामा गठबन्धनको निर्णय विपरीत दर्ता भएका उम्मेदवारी सम्बन्धित दलले फिर्ता गर्ने, गठबन्धन दलका सदस्यले स्वतन्त्र हैसियतमा दिएको उम्मेदवारी पनि सम्बन्धित दलले नै गराउने, गठबन्धनको प्रदेश र जिल्ला बैठक बसेर आजै महानगर र उपमहानगरका वडामा आजै सिट बाँडफाँटको साझेदारी गर्ने उल्लेख छ ।

यस्तै नगरपालिका र गाउँपालिकामा गठबन्धन दलका बीचमा भइसकेको सिट बाँडफाँट समझदारी विपरीत परेका उम्मेदवारी फिर्ता गराउने, समझदारी हुन नसकेका पालिकामा आजै स्थानीय र प्रदेश संयन्त्रले समझदारीका लागि पहल गर्ने उल्लेख छ । गठबन्धनका दलले गठबन्धनभित्रका दलबाहेक अरू दलसँग तालमेल नगर्ने र तालमेल भएका ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने पनि सहमति भएकाे छ ।

केन्द्रमा पाँच दलबीच चुनावी तालमेलको सहमति भए पनि स्थानीय स्तरमा भने तालमेल नमान्ने, बागी र स्वतन्त्र उम्मेदवारी दिने, विवाद गर्ने जस्ता क्रियाकलाप भइरहेका छन् । साभार उज्यालो अनलाईन

प्रतिक्रिया दिनुहोस्

Array