पार्टीभित्र टिकट वितरणमा अनियमितता भएको कांग्रेस नेता शेखर कोइरालाको टिप्पणी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ बैशाख २०७९, बुधबार
1 Min Read
Aa

काठमाण्डाै – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पालिका चुनावमा पार्टीबाट टिकट वितरण गर्दा अनियमितता भएको टिप्पणी गर्नुभएको छ ।

आज प्रेस विज्ञप्ति निकालेर उहाँले टिकट वितरणमा आर्थिक चलेखल र अनियमितता भयो भन्ने कुरा सार्वजनिक भैरहेको र त्यसको पीडा इमान्दार र निष्ठावान कार्यकर्ताले भोग्दै गरेको भन्दै असन्तुष्टि जनाउनुभएको छ । उहाँले पार्टीभित्र भैरहेका यस्ता कामबाट निराश नहुने पनि उल्लेख गर्नुभएको छ ।

पार्टीको गलत निर्णय र क्रियाकलापकै कारण केही ठाउँमा कांग्रेस नेता कार्यकर्ता स्वतन्त्र उम्मेदवारको रुपमा चुनावी मैदानमा जान बाध्य भएको उहाँको भनाइ छ । कोइरालाले असन्तुष्ट नेता कार्यकर्तालाई पार्टीको  मूल प्रवाहमा फर्किन आग्रह पनि गर्नुभएको छ । साभार उज्यालो अनलाईन

प्रतिक्रिया दिनुहोस्

Array