यूवालाई डाक्टर पढाउने जलजलामा गठबन्धनका उम्मेदवारको प्रतिबद्धता

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १८ बैशाख २०७९, आईतवार
1 Min Read
Aa

पर्वत । जलजला गाउँपालिकामा संयुक्त गठबन्धनले पत्रकार सम्मेलन गरेर आफ्ना एजेण्डाहरु सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा अध्यक्षका उम्मेदवार राजुप्रसाद आचार्य र उपाध्यक्षका उम्मेदवार दीपक आचार्यले पत्रकार सम्मेलन गरेर आफ्ना योजना सार्वजनिक गर्नुभएको हो ।

अध्यक्षका उम्मेदवार राजु आचार्यले गाउँपालिकाका यूवालाई डाक्टर पढाउने देखि ग्रामीण विकास र सडक पूर्वाधार विकासका योजना, कृषिको व्यवसायिककरण, औद्योगीकरणको विकास, आर्थिक, समाजिक विकासका योजना सार्वजनिक गर्नुभयो । उहाँका अनुसार गाउँपालिकाले दुई जनालाई डाक्टर, दुई जनालाई भेटनरी चिकित्सक, दुई जनालाई कृषि विज्ञ अध्ययनका लागि गाउँपालिकाले लगानी गर्ने र उनीहरुले गाउँपालिकामा आएर कम्तिमा १० वर्ष सेवा गर्नुपर्ने सर्त राखिएको छ ।

धार्मिक पर्यटन विकास, कलास्ंस्कृतिको विकास, कालीगण्डकी सहित अन्य नदीखोला छेउमा रहेका बस्ती संरक्षणका कार्यक्रम सञ्चालन गरिने घोषणा गरिएको छ । स्वास्थ्यचौकीमा १०० प्रकारका निशुल्क औषधीको व्यवस्था,गर्भवतीलाई वडामै भिडियो एक्सरे सेवा, स्वयंसेविकालाई मासिक एक हजार भत्ताको व्यवस्था गरिने घोषणापत्रमा समाबेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्