कास्कीमा कार र माेटरसाइकल ठाेक्किँदा एक जनाकाे ज्यान गयाे, एक जना घाइते

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १८ बैशाख २०७९, आईतवार
1 Min Read
Aa

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा कार र मोटरसाइकल ठाेक्किँदा एक जनाकाे ज्यान गएकाे छ । दुर्घटनामा माेटरसाइकलमा सवार पर्वतकाे कुश्मा नगरपालिका ४ की १८ वर्षीया सविना पुनकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ । दुर्घटनामा माेटरसाइकल चालक ४५ वर्षीय जितबहादुर पुन गम्भीर घाइते हुनुभएकाे छ । उहाँकाे पाेखराकाे मेट्राेसिटी अस्पतालमा उपचार भइरहेकाे छ । उनीहरू बाबुछाेरी हुन् ।

नौडाँडाबाट पोखरा आउँदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाइकल र पोखराबाट जाँदै गरेको ग ३ च ३५२५ नम्बरको कार ठाेक्किएका थियाे ।

प्रतिक्रिया दिनुहोस्

Array