२४ घण्टामा २० जनामा काेराेना सङ्क्रमण

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १८ बैशाख २०७९, आईतवार
1 Min Read
Aa

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार दुई सय २२ जनाको नमुना परीक्षण गर्दा २० जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

थप २७ जना सङ्क्रमित निको भएसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई सय २१ जनामा झरेको छ । २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन । यही अवधिमा २९ हजार पाँच सय ७४ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएकाे मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

Array