१७ जिल्लामा मात्रै मतपत्र ढुवानी गर्न बाँकी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १८ बैशाख २०७९, आईतवार
1 Min Read
Aa

काठमाण्डाै – वैशाख ३० गते हुने पालिका चुनावका लागि मतपत्र ढुवानी गर्न अब १७ जिल्ला मात्र बाँकी रहेको छ । सिन्धुली, रामेछाप र दोलखामा १९ गते बिहान मतपत्र ढुवानी हुनेछ भने अन्य जिल्लामा यसै हप्तामा पठाइनेछ ।

वैशाख १७ गतेसम्ममा ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएकाेमा १८ गते लुम्बिनी प्रदेशका सबै जिल्लाका लागि मतपत्र पठाइएको छ । बाँकी रहेका जिल्लामा मधेस प्रदेशका आठ, प्रदेश नं १ को मोरङ, बाग्मती प्रदेशको रसुवा, चितवन, ललितपुर, काठमाण्डाै र भक्तपुर छन् ।

कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश नं १ का मोरङबाहेक सबै जिल्ला र गण्डकीको पोखरा महानगरबाहेक सबै ठाउँ, बाग्मती प्रदेशका पाँच जिल्लामा मतपत्र पुगिसकेको छ । मनाङ र मुस्ताङमा हेलिकप्टरबाट मतपत्र ढुवानी गरिएको छ ।

निर्वाचन आयोगले यही वैशाख १३ गतेदेखि मतपत्र ढुवानी सुरु गरेको थियो । यसअघि ६ वटा महानगर र भक्तपुरबाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ भइसकेकोमा आज भक्तपुरका लागि मतपत्र छपाइ सुरु भएको छ ।

महानगर र भक्तपुरका लागि छापिने मतपत्र उम्मेदवारी मनोनयनपत्र दर्ताको अन्तिम नामावलीका आधारमा पहिलेकै डिजाइनमा चुनाव चिह्न थपघट गरेर छपाइ हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्