अब वैधानिकीकरण गर्न र व्यक्तिगत श्रम स्वीकृति लिन सहज

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ बैशाख २०७९, बिहीबार
1 Min Read
Aa

काठमाण्डौ – नयाँ व्यक्तिगत र वैधानिकीकरणमार्फत श्रम स्वीकृति लिन अब श्रमिक स्वयमले आवश्यक कागजात वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा ( एफइआइएमस) अपलोड गर्न सक्ने व्यवस्था भएको छ ।

यसअघि व्यक्तिगत नयाँ श्रम स्वीकृति लिन वा वैधानिकीकरण गर्न दूतावासबाट र सम्बन्धित कम्पनीबाट भिसा, करार सम्झौता लगायतका कागजात श्रम कार्यालय ताहाचलमा सिधै पठाउँदै आएकोमा अब भने यस्ता कागजात श्रमिकलाई पठाउन पर्ने र श्रमिकले नै सिस्टममा अपलोड गरी श्रम स्वीकृति लिन सक्ने व्यवस्था भएको हो ।

कतार, यूएई, कुवेत, रोमानिया, पोल्याण्ड, क्रोसिया, माल्दोभा, अल्वनिय, हङ्गेरी, स्लोभाकिया र वेलारुसका लागि नयाँ व्यक्तिगत श्रम स्वीकृति र वैधानिकीकरण गर्न दूतावासबाट र अन्य देशका हकमा कम्पनीबाट करार सम्झौता, भिसा लगायतका कागजात वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयको इमेल ठेगानामा पठाउनु पर्ने व्यवस्था थियो ।

तर वैशाख २२ अर्थात् आजदेखि भने दूतावास वा कम्पनीले सम्बन्धित श्रमिककै इमेल ठेगानामा यस्ता कागजात पठाउन पर्ने छ । श्रमिकको इमेल ठेगानामा कागजात पठाउँदा कार्यालयको इमेल ठेगाना लभधभिन२ाभय।नयख।लउ मा कपी(सीसी) गर्नु पर्नेछ ।

यसरी इमेलमार्फत प्राप्त भएको कागजात श्रमिकले प्रिन्ट गरी वैदेशिक रोजगार विभागको एफइआइएमसमा अपलोड गरी श्रम स्वीकृतिका लागि आवेदन दिन सकिन्छ ।साभार उज्यालो अनलाईन

प्रतिक्रिया दिनुहोस्

Array