आज पनि देशका केही ठाउँमा पानी पर्ने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २६ बैशाख २०७९, सोमबार
1 Min Read
Aa

काठमाण्डाै – आज पनि देशका केही ठाउँमा पानी पर्ने अनुमान छ ।मौसमविद् हिरा भट्टराईका अनुसार आज दिउँसाेपछि प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना छ ।

यस्तै, अन्य प्रदेशका एक/दुई ठाउँमा पनि पानी पर्ने अनुमान छ ।केही दिनयता काठमाण्डौसहित देशका धेरै ठाउँमा दिनहुँजसो पानी परिरहेको छ । बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवातको आंशिक प्रभाव र स्थानीय वायुसँगै भारतको बिहारदेखि पश्चिम बङ्गालमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा भइरहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो ।

अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको  छ । साभार उज्यालो अनलाईन

प्रतिक्रिया दिनुहोस्