समृद्धि फाइनान्स र भज्जु चुल्हो बीच सम्झौता

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ जेष्ठ २०७९, बुधबार
1 Min Read
Aa

समृद्धि फाइनान्स र चितवनमा रहेको भज्जु चुल्हो (नेवारी खाजा घर) बीच सम्झौता भएको छ ।  उक्त सम्झौतामा समृद्धि फाइनान्सको तर्फबाट चितवन शाखाको शाखा प्रवन्धक विकास सापकोटा र भज्जु चुल्होका संचालक पार्वती श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

समृद्धि फाइनान्सका कार्मचारी तथा खातावालहरुलाई खाना तथा पेय पदार्थमा रु. ५ हजार सम्मको बिलमा १०% र रु. ५ हजार भन्दा माथिको बिलमा १२% छुट दिने सम्झौता भएको हो ।

फाइनान्सले मुद्दति निक्षेपमा सर्वाधिक १२.२५%, र बचत निक्षेपमा अधिकतम १०% सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।     

प्रतिक्रिया दिनुहोस्