मुख्य नेताले नै वाम एकताको महत्व बुझेनन् – नेता खनाल

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २० जेष्ठ २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले अहिले पनि मुलुकमा वामपन्थी एकताको आवश्यकता रहेको बताएका छन् । तर वामपन्थी आन्दोलनका मूल नेताले नै यसको महत्व र आवश्यकता नबुझेकाले तत्काल एकताको सम्भावना नरहेको उनको भनाइ छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा भाग लिन नयाँ बानेश्वस्थित संसद भवन पुगेका नेता खनालले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मूल नेताहरुले नै वामपन्थी एकताको आवश्यकता बुझ्न नसकेको गुनासो गरे ।

‘मुलुकको आवश्यकतालाई हेर्ने हो भने वाम एकता आवश्यक हो । तर वामपन्थी आन्दोलनका आफुलाई मुल भन्ने नेताहरु जुन छन् नि ति नेताहरु एकताको पक्षमा छैनन्’ उनले भने, ‘त्यसकारणले नेताहरुले एकताको आवश्यकता किन हो ? यसको ऐतिहासिकता के हो ? भन्ने कुरा जहिलेसम्म बुझ्दैनन् त्यतिबेला सम्म वामपन्थी एकता सम्भव नै हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्