घुस रकम लिएको आरोपमा विद्यालयका ” तीन हेड मास्टर” अख्तियारको फन्दामा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २० जेष्ठ २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाण्डौ – घुस लिएको आरोपमा विद्यालयका ३ जना प्रधानाध्यापकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रङगेहात पक्राउ गरेको छ ।

मधेस प्रदेशमा ७ दिनको सेरोफेरोमा १२ जेठमा श्री विश्वेश्वर प्रसाद कोइराला आदर्श मावि जोकाहा रौतहटका राकेश श्रेष्ठ, १८ जेठमा नेपाल विद्यापीठ उच्च माध्यमिक विद्यालय श्रीपुर, वीरगन्ज पर्साका बलराम श्रेष्ठ र १९ जेठमा श्रीमावी एकडाराका प्रधानाध्यापक रामदिनेश मण्डल पक्राउ परेका हुन्।

१२ जेठमा पक्राउ परेका रौतहटका राकेश श्रेष्ठ र १९ जेठमा पक्राउ परेका महोत्तरीका रामदिनेश मण्डल क्रमशः ५० हजार र ३ लाख रुपैयाँ घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रङगेहात पक्राउ गरेको थियो भने पर्साका बलराम श्रेष्ठलाई विद्यालयको भौतिक पूर्वाधार निर्माणमा ३० लाख भ्रष्टाचार गरेको आरोपमा पक्राउ गरिएको हो।

हिजो महोत्तरीको एकडारा गाउँपालिका १ स्थित एकडारा माध्यमिक विद्यालयका प्रअ रामदिनेश मण्डल र व्यवस्थापन समिति अध्यक्ष विनोद पासवानलाई ५० हजार घुसको रकम सहित पक्राउ गरिएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगाल र बर्दिबासको संयुक्त टोलीले दुवै जनालाई जलेश्वर नगरपालिका २ स्थित मामाज किचेन होटेलबाट पक्राउ गरेको हो।

विद्यालयमा भवन निर्माण प्रयोजनको भुक्तानीको लागि निर्माण व्यवसायीबाट ५० हजार रुपैयाँ घुस लिइरहेको बखत दुवैजनालाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array