यानबहादुरको योजनावद्ध हत्या भएको तरुण दलको आशंका

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ जेष्ठ २०७९, शनिबार
1 Min Read
Aa

काठमाण्डौ – नेपाल तरुण दलले दोलखाको गौरीशंकर गाउँपालिका–३ सर्सेपुमा मृत फेला परेका यानबहादुर बस्नेत प्रकरणको निष्पक्ष छानविन गर्न सरकारसँग माग गरेको छ । नेपाल तरुण दलको वडा समिति सचिवसमेत रहेका बस्नेत जेठ १० गते गौरीशंकर गाउँपालिकाको गौराबारी भन्ने स्थानमा मृत फेला परेका थिए ।

तरुण दलले यो जघन्य अपराधिक घटना कुनै अपराधिक गिरोहले राजनीतिक प्रतिशोध राखी योजनावद्ध ढंगबाट गराएको हुन सक्ने आशंका पनि गरेको छ । घटनाको छिटो भन्दा छिटो गहिरो अनुसन्धान गरी वास्तविकता पत्ता लगाई अपराधीलाई हदैसम्मको कानूनी कारबाही गर्न र आश्रित परिवारलाई उचित क्षतिपूर्ति व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।

घटनाबाट नेपाल तरुण दलले एक जना होनहार लोकतन्त्रको पहरेदार तरुण नेता गुमाएको अध्यक्ष विद्वान गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्