माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ जेष्ठ २०७९, शनिबार
1 Min Read
Aa

काठमाण्डौ – माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

गुल्मीको इस्मा गाउँपालिका–२ रातडाँडा निवासी ४१ वर्षका झविलाल कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवराज खरेलले बताए ।

कुमाल शनिबार दिउँसो छल्दी पनाहा खोलमा माछा मार्न गएका थिए । उनलाई स्थानीयले मृत्यु भएको अवस्थामा देखेपछि शव पानीबाट निकाली प्रहरीलाई खबर गरेका थिए ।

शव पोष्टमार्टका लागि गुल्मी अस्पताल लगिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array