पत्रकार विश्वकर्मा सहित आठ जना कार्यपालिका सदस्यमा निर्वाचित

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ जेष्ठ २०७९, शनिबार
2 Min Read
Aa

दाङ– तुलसीपुर उपमहानगरपालिकाको नगर कार्यपालिका सदस्यमा युवा पत्रकार लक्ष्मण विश्वकर्मा सहित आठ जना निर्विरोध निर्वाचित भएका छन् ।

विश्वकर्मा तुलसीपुरमा रहेर बिगत केहि समयदेखि पत्रकारिता गर्दै आएका थिए। विश्वकर्मा नेपाल राष्ट्रिय दलित पत्रकार संघ दाङका सस्थापक उपाध्यक्ष समेत हुन । विश्वकर्मा सहित कार्यपालिका सदस्यका लागी जननिर्वाचितबाट पाँच जना महिला सदस्य र मनोनित तर्फबाट तिन जना गरी आठ जना निर्वाचित भएका हुन ।

निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरले निर्वाचन कार्यतालिका अनुसार शनिवार उमेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दै निर्विरोध निर्वाचित भएको घोषणा समेत गरेको छ । निर्वाचित हुनेमा महिलातर्फ तुलसीपुर १ बाट गौरी नेपाली, वडा नम्वर ६ बाट यमुना परियार, वडा नम्वर ९ बाट बसन्ता केसी, वडा नम्वर १५ बाट सिता कुमारी लामीछाने र वडा नम्वर १६ बाट रिखा शर्मा रहेका छन ।

यस्तैगरी दलित तथा अल्यसंख्यकतर्फ तुलसीपुर ४ बाट लक्ष्मण विश्वकर्मा, वडा नम्वर १२ बाट मोहन विक र वडा नम्वर १७ बाट तुलाराम नेपाली निर्वाचित भएका छन । सवै उमेदवारहरुको एकल उमेदवारी परेकाले निर्वाचन कार्यालय शनिवार दिउँसो तिन बजे निर्वाचित भएको घोषणा गरेको निर्वाचन अधिकृत राजेश्वर अर्यालले जानकारी दिएका छन ।

उनीहरु आठ जनाको मात्रै उमेदवारी कायम भएपछि निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो । उनीहरुलाई प्रमाण पत्र वितरण तथा सपथ ग्रहण कार्यक्रम आउदो मंगलवार गर्ने तयारी भईरहेको उनले जानकारी दिएका छन ।

गत विहिवार भएको मनोनयन दर्ताको दिन नेकपा एमालेका उमेदवारहरुले मात्रै उमेदवारी दर्ता गराएका थिए । तुलसीपुरमा १९ वटा वडाका १९ जना वडा अध्यक्ष , प्रमुख र उपप्रमुख तथा निर्वाचित आठ जना गरी २९ जनाको कार्यपालिका सदस्यीय बनेको छ । तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिकामा एमालेको दुई तिहाई बहुमत रहेको छ ।

पत्रकारिताबाट उदाएका विश्वकर्मा अब राजनीतिको यात्रामा
झन्डै एक दशक देखी पत्रकारिता गर्दै आएका विश्वकर्माले राप्ती पोष्ट राष्ट्रिय दैनिक पत्रिका, जनरक्षा साप्ताहिक पत्रिकामा आबद्ध हुदै हाल रेडियो प्रकृतिको निमित्त सम्पादक र तुलसीपुर खवरडटकमको सहसम्पादक तथा तुलसीपत्र दैनिक पत्रिकामा समाचारदाताको रुपमा काम गर्दै आएका थिए । विभिन्न सामाजिक संघसंस्था हुदै पत्रकारिता सुरु गरेका विश्वकर्माले औपचारिक रुपमा राजनितिक यात्रा सुरु गरेका छन । तुलसीपुर अनलाइनबाट

प्रतिक्रिया दिनुहोस्

Array