बन्द रहेको वीरगञ्ज चिनी कारखानामा अर्थमन्त्री

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ जेष्ठ २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं – सरकारले वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालन गर्ने तयारी गरिरहेको छ । अर्थमन्त्री जनार्दन शर्माले १५ जेठमा ल्याएको बजेटको ३४१ नम्बर बुँदामा वीरगञ्ज चिनी कारखाना सञ्चालनसम्बन्धी विषय उल्लेख थियो ।

अर्थमन्त्री शर्माले शनिबार वीरगञ्जस्थित चिनी कारखानाको भ्रमण गरेका छन् । उनले यो कारखाना जुनसुकै हालतमा पनि सञ्चालनमा ल्याउने बताएका थिए ।

अर्थमन्त्री शर्माले शनिबार नै वीरगञ्जस्थित कृषि औजार कारखानाको समेत निरीक्षण गरेका छन् । यी दुवै कारखाना सञ्चालनमा ल्याउने सरकारको योजना छ ।

प्रतिक्रिया दिनुहोस्

Array