सवारी दुर्घटनामा चार जनाको मृत्यु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ श्रावण २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौं, कञ्चनपुर, भिमदत्त नगरपालिका-९ कामिकाँटे पुलमा सु.प.प्र. ०२ ००३ प ४३५७ नम्बरको मोटरसाइकल पुलको पेटीमा ठोक्किएर सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-९ मटैना बस्ने ३४ वर्षीय रमेश सिंह धामीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
सुनसरी, ईनरुवा नगरपालिका-४ बसचोकस्थित सडकमा ग.१ क ८४५ नम्बरको ट्रकले को.१० प ३३६१ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक ईनरुवा नगरपालिका-३ बस्ने २७ वर्षीय श्याम सुन्दर यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी (पश्चिम), रामग्राम नगरपालिका-४ बैरिहवास्थित सडकमा यूपी ५६ एएन ७७२५ नम्बरको स्कुटर सोमबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक प्रतापपुर गाउँपालिका-८ पिपरपाती बस्ने १७ वर्षीय अमित शर्माको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो ।
काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका-११ डालाबेशीस्थित सडकमा बा.७० प ४१८२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई डिभाईडरमा ठोक्किएर मंगलबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुली मझुवा गाउँपालिका-५ बस्ने १९ वर्षीय मिलन मग्राती भुजेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array