प्रेस युनियनको अध्यक्षमा संस्थापन पक्षबाट अनिता बिन्दु, उपाध्यक्षमा सरोज सहित यि हुन संस्थापन तर्फका उम्मेद्धवार

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ श्रावण २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौं .  नेपाली कांग्रेसको संस्थापन पक्षले नेपाल प्रेस युनियनको अध्यक्षमा विन्दु उम्मेदवार बनाएको छ।

युनियनका अध्यक्ष बद्री सिग्देलसहित समिरजंग शाह, सुरेश आचार्य, रमेश विष्ट र नवराज लम्सालको कार्यदलले आज अनिता विन्दुको नाम अध्यक्षमा टुंगो लगाएको हो। नियन स्रोतका अनुसार अध्यक्षको दौडमा रहेका अर्का दाबेदार सरोजराज अधिकारी अब वरिष्ठ उपाध्यक्षमा उठ्ने भएका छन्। त्यसैगरी वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका भीष्मराज ओझाले महासचिवमा प्रतिस्पर्धा गर्ने पक्का भएको छ।

त्यस्तै महासचिवमा दाबी गरेका केशव सावद अब उपमहासचिवमा लड्ने भएका छन्। अनिताले मंगलबार दिउँसो १ बजे होटल इन्द्रेणीबाट आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गर्ने भएकी छन्।

त्यसैगरी उपाध्यक्ष, उपमहासचिव र कोषाध्यक्षसहित अन्य पदमा उठाउने उम्मेदवारबारे संस्थापनले छलफल गरिरहेको छ। युनियनको अध्यक्षमा संस्थापन इतरबाट शिव लम्सालले दाबी गरिरहेका छन्। त्यसैगरी लम्सालसँगै दीपक आचार्य पनि अध्यक्षको दौडमा छन्।

इतरबाट महासचिवमा खिला कार्की, नकुल अर्याल, दिलिप पौडेल र रमेश वाग्ले दौडमा छन्। युनियनको उपमहासचिवको दौडमा युवराज गौतम, सुलोचना गौतम, भुवन शर्मा, कुसुम बिक पनि छन्।

कोषाध्यक्षमा माधव धिताल, पदमराज जोशी र मित्र भण्डारीले इच्छा देखाएका छन्। सचिवमा खगेन्द्र भण्डारी, राधा खनाल,मेनुका ढुंगाना, लोकेन्द्र भट्ट, विजय रेग्मी, तीर्थ बस्नेत, कालिका महत, टीकाराम सुनार र एलपी देवकोटा पनि दौडमा छन्।

यसअघि युनियनको नेतृत्व सर्वसम्मत चयन गर्ने कोसिस भएको थियो। संस्थापनले अध्यक्ष र इतरले महासचिव लिने गरी छलफल भएको थियो। तर सहमति हुन नसकेपछि हेटौँडामा आगामी ६ र ७ गते हुने महाधिवेशनमा निर्वाचनबाटै नेतृत्व छानिने भएको छ।।

प्रतिक्रिया दिनुहोस्

Array