प्रेस युनियनको केन्द्रले गरेको सबै कारबाही फिर्ता, मृत्यु भएको ६ महिना पछि कारबाही र्फिता !

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ श्रावण २०७९, बुधबार
1 Min Read
Aa

रबिन थपलिया  काठमाण्डौं । नेपाल प्रेस युनियनको केन्द्रीय अनुशासन समितिले गरेको सबै कारबाहीहरु र्फिता गरेको जनाएको छ । नेपाल पत्रकार महासंघको निर्वाचनमा युनियनका सदस्यहरुले स्वतन्त्र रुपमा उम्मेद्धवारी दिएपछि अनुशासन समितिले कारबाही गरेको जनाएको थियो । समितिका संयोजक दिपक आचार्यले एक बिज्ञप्ती जारी गदै यस अघि गरिएको अनुशासनको सवै कारबाही र्फिता गरिएको जनाएका छन् । महासंघको निर्वाचनमा स्वतन्त्र रुपमा उम्मेद्धवारी दिएर बिजयी भएकी केन्द्रीय सदस्य कृति भट्टराई र अपांगता तर्फका डिल प्रकाश गौतमलाई भने युनियले कारबाही नगरी उनिहरु भन्दा बाहेकका ११ जनालाई ६ बर्ष सम्म साधारण सदस्य नरहने गरी कारबाही गरेको थियो । युनियनको कारबाहीकै बिचमा बिकट जिल्ला कर्णालीका नन्दबहादुर एडीको ६ महिना अघि मात्र मृत्यु भएको थियो । दिर्घरोगबाट ग्रस्त एडीलाई युनियनले टिकट नदिएपछि बिकट जिल्ला कर्णालीबाट केन्द्रीय सदस्यको उम्मेद्धवारी दिएका थिए । एडीले बिरामी भएर अस्पताको बेडमा रहंदा सम्म युनियनले आफुलाई अन्यय गरेर कारबाही गरेको भन्दै फुकुवा गरिदिन आग्रह गरेको बताउने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array