तारकेश्वरमा बाढीको बितण्डा, बस्तीमा बाढी पस्यो, घरहरु जोखिममा, साङलामा पुल बगायो, रातीनै मेयरको अबलोक

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ श्रावण २०७९, बिहीबार
3 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । अबिरल बर्षा र बाढीका कारण गएराती तारकेश्वर नगरपालीका क्षेत्र भित्रमा बाढीले बितण्डा मच्चाएको छ । बर्षा र बाढीका कारण तारकेश्वरमा मानवीय क्षती नभएपनी भौतीक संरचनामा भने असर गरेको छ । बाढीका कारण तारकेश्वर नगरपालीकाका सबै वडाहरुमा प्रभाव पारेको छ । बाढीले तारकेश्वर नगरपालीका १ साङलामा पुलनै बगाएको छ भने वडा नं ३ जितपुर फेदीमा पहिरोले केहि घरहरु जोखिममा परेको छ । त्यस्तै वडा नं १,२,३,४,५,६ का धेरै सडकहरुमा बाढीका कारण क्षती पुगेको छ भने केहि घरहरु पहिरोका कारण जोखिममा परेका छन् । अबिरल बर्षा पछि खोलाको बहाब अत्याधीक बढेपछि साङलेखोला करिडोर सहित अन्य खोला आसपासका स्थानीयहरु मध्यराती सम्म नसुती बसेका थिए । महानगरीय प्रहरी बृत्तका अनुसार बाढीका कारण तारकेश्वर नगरपालीका १ साङला छापटोलको पुलमा क्षती पुगेको छ । साङलाका स्थानीय युवा अजय थापाले बाढीले पुल भत्किएकाले आवत–जावत र सवारीसाधन गुडाउन ठूलो समस्या पारेको भन्दै तत्काल मर्मत सम्भार र पुलको बैकल्पीक व्यवस्था गर्नमाग समेत गर्नुभएको छ ।
खोलाको आसपासमा नदि जन्य बालुबाको दोहनले पुल भासिदै गहिरहेको स्थानीयबासीको भनाई छ । स्थानीयले उक्त स्थानमा बालुवा झिक्ने काम तत्काल रोक्न माग गरेका छन् । उनिहरुले २०२२ सालको खोलाको मापदण्ड कायम नगरी नदीजन्य पदार्थको दोहन गरिएमा करिडोर सडकको हालत पनि केही दिनमा यहि हुने चेतावनी दिएका छन् ।

May be an image of tree and outdoors
बाढीका कारण गएराती बिष्णुमती खोला करिडोर अन्तर्गत गोंगबु र मनमैजुका दुवै तर्फको सडकहुंदै बस्तीमा खोला पसेको छ । त्यस्तै नेपालटार क्षेत्रमा पनि बाढी बस्तीमा पसेको स्थानीयबासीको भनाई रहेको छ ।
तारकेश्वर नगरपालीकाका मेयर कृष्णहरी महर्जनले बाढीले तारकेश्वर नगरपालीका भित्रका भौतिक सम्पत्तीका ठुलो क्षती पुगेको बताउनुभयो । उहाँका अनुसार जितपुर फेदीमा पहिरोका कारण केहिघरहरुमा असर गरेको छ । जितपुर फेदीमा असर गरिएका घरहरुको बारेमा जानकारी लिनको लागि आज बिहानै इन्जीयियरको टोली सहित तारकेश्वरकी उपमेयर सृजना बुर्लाकोटी उक्त स्थानमा प्रस्थान गर्नुभएको छ ।

May be an image of body of water
अबिरल बर्षा र बाढीको असर बारेमा जानकारी लिनका लागि तारकेश्वर नगरपालीकाका मेयर कृष्णहरी महर्जन गएरातीनै प्रभावीत क्षेत्रहरुमा पुग्नुभएको छ । मेयर महर्जनले ति क्षेत्रहरुमा पुगेर बाढीबाट सुरक्षीत रहेर बस्नको लागि स्थानीयहरुलाई आग्रह गदै भौतिक संरचनामा क्षती भएमा नगरपालीकाले सहयोग गर्ने आश्वासन दिनुभएको थियो । मेयर मर्हजनले रातीनै सुरक्षा निकायहरुलाई समन्वय गदै बाढी र पहिरोबाट हुन सक्ने क्षती रोक्न र उद्धारको लागि तयारी हालतमा रहन आग्रह गर्नुभएको थियो । बाढी र पहिरोबाट त्रसीत स्थानीयबासीहरुलाई सहानुभुती दिन र उद्धार लगायतका कार्यमा सहयोग गर्न मेयर महर्जन राती १२ बजे सम्म फिल्डमानै खटिनुभएको थियो ।

 

May be an image of 2 people and roadMay be an image of 1 person and road

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array