जनार्दन शर्माको दबाबमा मेटीएको अर्थ मन्त्रालयको सिसिटिभिको फुटेज भेटीयो

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १० श्रावण २०७९, मंगलवार
2 Min Read
Aa

काठमाण्डौं । तात्कालीन अर्थमन्त्री जनार्दन शर्माको दबाबमा मेटीएको निकै बिबादीत अर्थमन्त्रालयको सिसिटिभि फुटेज भेटिएको छ । अर्थ मन्त्रालयले उपलब्ध गराएको हार्ड डिस्कबाट नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले जेठ १४ गतेको सीसीटीभी फुटेज ुरिकभरु गरेको हो । समितिका एक सदस्यहरूका अनुसार जेठ १४ गतेको ५०भन्दा बढी क्लिप रिकभर भएका छन् ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट घोषणाको अघिल्लो दिन जेठ १४ गते करका दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएको आरोप लागेको छ ।बजेट निर्माणमा करको दर हेरफेर गर्न अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा संसदीय विशेष छानबिन समितिले अहिलेसम्म कुनै प्रमाण फेला पार्न सकेको छैन । समितिले अर्थ मन्त्रालयबाट सीसीटीभी फुटेज मागे पनि जेठ १४ को फुटेज नपाएपछि ‘रिकभर’का लागि प्रहरीको फरेन्सिक ल्याब पठाएको थियो । प्रयोगशालाले सोमबार समितिलाई फरेन्सिक रिपोर्ट बुझाएको थियो । मंगलबार बिहान बसेको समितिको बैठकमा सीसीटीभी फुटेज हेरिएको समितिका एक सदस्यले बताए ।

यसअघि समिति सचिव सुरेन्द्र अर्यालले विज्ञहरू बोलाएर प्रतिवेदनको विश्लेषण गरिने बताएका थिए । समितिका एक सदस्यले भने प्राप्त भएका सीसीटीभी फुटेज प्रस्ट नभएको बताएका छन् । उनले भने, ु५०र५५ वटा क्लिप रिकभर भएका रहेछन् । ती सबै क्लियर छैनन् ।ु मंगलबार बिहान केहीबेर बैठक बसेपछि स्थगित भएको थियो । मंगलबार बेलुका ४ बजे पुनस् समितिको बैठक बस्ने सचिव अर्यालले बताए ।सीमित व्यापारीलाई फाइदा पुग्ने गरी कर दर निर्धारण गरेको आरोप तत्कालीन अर्थमन्त्री जर्नादन शर्मामाथि लागेपछि प्रतिनिधिसभाले छानबिनका विशेष समिति गठन गरेको हो । असार २२ मा गठन भएको समितिले २८ गते काम सुरु गरेको थियो । समितिले १२ गतेभित्र छानबिन गरेर संसद्लाई प्रतिवेदन दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

Array