थप ६३८ मा कोरोना सङ्क्रमण पुष्टि, दुईको मृत्यु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १० श्रावण २०७९, मंगलवार
2 Min Read
Aa

काठमाण्डौं । देशभर पछिल्लो २४ घण्टामा ६३८ मा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा पाँच हजार ५५ को नमूना परीक्षण गरिएको थियो । दुई हजार २१५ ले पिसिआर र दुई हजार ८४० को एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा २१८ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६८ हजार ८०२ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव चार प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा दुई लाख ५७ हजार ८७८ ले कोभिडविरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ७१४ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५९ पुगेको छ । होम आइसोलेसनमा तीन हजार ५८१, संस्थागत आइसोलेसनमा १३३, आइसियुमा ३० र भेण्टिलेटरमा एक जना सङ्क्रमित रहेका छन् ।

हाल देशभरमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ र २०० भन्दा बढी सङ्क्रमित रहेको जिल्लामा ललितपुर तथा मोरङ रहेका छन् । शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, जाजरकोट, कालीकोट, मुगु, हुम्ला र बाजुरा रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा दुई हजार ४०, ललितपुर ३८१ र भक्तपुरमा ८४ सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array