विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १२ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ,  राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘कारागार विधेयक, २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाणले उक्त प्रस्तावमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो । विधेयकका सन्दर्भमा सांसद सुरेश आलेमगर, डा विमला राई पौडेल, उदयबहादुर बोहोरा, मोहनबहादुर सुनार, नारायणदत्त मिश्रलगायतले आ–आफ्नो धारणा राख्दै समयानुकूल कानुन निर्माण हुनुपर्ने बताउनुभयो ।

सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफमा गृहमन्त्री खाणले कारागारमा रहेका बन्दीप्रति पनि राज्य र समाजको दायित्व रहेको बताउनुभयो । उहाँले कारागाराभित्र सहजतापूर्वक जीवन जिउने कसरी बनाउने र जीवनको सदुपयोग कसरी गर्ने भन्नेबारेमा सरकारले सीपयुक्त बनाउने योजना र कार्यक्रम अगाडि बढाइएको बताउनुभयो ।

कारागारामा घरेलु उत्पादनमा संलग्न भए पनि त्यो पर्याप्त नभएकाले त्यसलाई थप विस्तार गर्नुपर्ने आवश्यकता रहेकामा जोड दिनुभयो । उहाँले सहरका मध्यभागमा रहेका कारागारलाई पर्याप्त ठाउँ भएको स्थानमा स्थानान्तरण गर्ने सोचका साथ सरकारले काम गरिरहेको समेत जानकारी दिनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

Array