परीक्षणको १४ प्रतिशतमा सङ्क्रमण पुष्टि

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १२ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ, पछिल्लो समय कोरोना सङ्क्रमण दर तीव्र रूपमा बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार परीक्षण गरिएको नमूनाको १४ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ ।

आज पाँच हजार २५ नमूनाको परीक्षण गर्दा ७१० जनामा सङ्क्रमण पुष्टि भएको छ । जुन १४ प्रतिशत बढी हो । आज दुई हजार ५४१ नमूनाको पिसीआर विधिबाट परीक्षण गर्दा ५२४ र दुई हजार ४८४ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १६८ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

आज २१५ सङ्क्रमणमुक्त भएका छन् । दुई जनाको मृत्यु भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार २३६ पुगेको छ । आज ५९ हजार ४७१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । —

प्रतिक्रिया दिनुहोस्

Array