काठमाण्डौंको तारकेश्वर,नागार्जुन र शंखरापुर नगरपालीका प्रमुख प्रशासकीय अधिकृत सहित ३४ उपसचिको सरुवा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १२ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । काठमाण्डौंको तारकेश्वर, नागार्जुन र शंखरापुर नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत फेरीएका छन । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज काठमाण्डौंका तिन नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत सहित ३४ उपसचिबको सरुवा गरेको छ ।
काठमाण्डौंको तारकेश्वर नगरपालीकाको प्रमुख प्रशासकिय अधिकृतमा नेत्र प्रसाद घिमिरे, नागार्जुन नगरपालीकाको प्रमुख प्रशासकीय अधिकृतमा इश्वरी प्रसाद ढकाल, शंखरापुर नगरपालीकाको प्रमुख प्रशासकिय अधिकृतमा हिरामणी सुवेदीले जिम्मेवारी पाएका छन् । तारकेश्वमा सरुवा भएका घिमिरे र शंखरापुर नगरपालीका सुबेदी संघिय मामला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समुहमा कार्यरत थिए भने नागार्जुनमा सरुवा भएका ढकाल, स्थानीय विकास पूर्वाधार विभाग, ललितपुरमा कार्यरत थिए ।
त्यस्तै तारकेश्वका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद लम्साल नमोबुद्ध नगरपालीका काभ्रेमा सरुवा भएका छन् । त्यस्तै नागर्जुन नगरपालीकामा कार्यरत सुरेन्द्र थापामगर धुलीखेल नगरपालीका काभ्रेमा सरुवा र शंखरापुर नगरपालीकाका रमेश गौतम शिवराज नगरपालीका कपिलबस्तुमा सरुवा भएका छन् ।
त्यस्तै नुवाकोटको बेलकोटगढी नगरपालीकाको प्रमुख प्रशासकिय अधिकृतमा सुर्यदर्शन पण्डीत सरुवा भएका छन् । उनि जिल्ला समन्वय समिति नुवाकोटमा कार्यरत रहेका थिए ।
३४ उपसचिब को कहाँ सरुवा ?

No description available.

प्रतिक्रिया दिनुहोस्