संवैधानिक निकायका पदाधिकारी र न्यायपरिषद्को सुनुवाइ एकै पटक गर्न आदेश

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ श्रावण २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ, सर्वोच्च अदालतले संवैधानिक निकायका पदाधिकारीको नियुक्ति र न्यायपरिषद् सदस्यसम्बन्धी मुद्दामा परेका रिट निवेदनमा एकै पटक सुनुवाइ गर्न आदेश गरेको छ ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशद्वय हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सहभागी संवैधानिक इजलासले संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति र न्यायपरिषद् सदस्यको विवादित नियुक्तिसम्बन्धी अध्यादेशको विषयमा लिएर परेका सबै रिट निवेदनमा एकै पटक सुनुवाइ गर्न आदेश दिएको छ ।

आदेशमा प्रक्रियागत काम कारबाही सम्पन्न नभएको वा अधुरो रहन पुगेको कारणबाट सुनुवाइ प्रक्रियामा बाधा आइनपर्ने कुराको पनि पूर्ण सुनिश्चित गर्न भनिएको छ । आदेशमा, “यस इजलासको मिति २०७८÷१२÷९ मा भएको आदेशलगायत सबै अन्य पूर्वआदेश बमोजिमका निर्णय फाइल, कागजात आदि झिकाइ मिसिल सामेल राख्नेलगायत अन्य कुनै काम कारबाही वा प्रक्रिया सम्पन्न गर्ने कार्य भएको छ वा छैन ? यस अदालतका रिट तथा मुद्दा महाशाखाका प्रमुख स्वयंले एकिन आदेश बमोजिमका सम्पन्न हुन बाँकी कुनै कार्य भए सबै कार्य तदारुकता र उत्तरदायित्वपूर्ण तबरबाट सम्पन्न गर्नु, गराउनु”, भनिएको छ । यसैगरी आदेशमा संवैधानिक नियुक्तिसम्बन्धी विषयमा सम्पन्न गर्नुपर्ने कुनै काम कारबाहीमा कुनै प्रकारको द्विविधा वा अलमल भएमा तत्काल संवैधानिक इजलासमा पेश गर्न पनि भनिएको छ ।—

प्रतिक्रिया दिनुहोस्

Array