नेपालमा आइतबार बिहानै ६ रेक्टर स्केलको भूकम्पगयो, सर्वसाधारण त्रसीत

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १५ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ — नेपालमा असार १५ गते आइतबार बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीका अनुसार खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ८ बजेर १३ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको हो । बिहानै भुकम्पले हल्लाएपछि सर्वसाधारण त्रसीत बनेका छन् । खोटाङ‚ सिन्धुपाल्चोक‚ काठमाडौंलगायत देशैभरका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ ।
गत साउन ९ गते सिन्धुपाल्चोकको हेलम्बु फुट ट्रेल नजिकै ६ बजेर ७ मिनेटमा ४।७ म्याग्निच्युडको भूकम्प गएको थियो । विज्ञहरूका अनुसार ०७२ सालकै विनाशकारी भूकम्पका पराकम्प जाँदा बारम्बार स–साना भूकम्प मापन भइरने केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array