चुनावी तालमेल गरेर अघि बढ्ने सत्ता गठबन्धनको निर्णय

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २० श्रावण २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ, पाँच दलीय सत्ता गठबन्धनले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । नेपाल सरकारले बिहीबारमात्रै प्रतिनिधि र प्रदेशसभाको निर्वाचन आगामी मङ्सिर ४ गते गर्ने निर्णय गरेको थियो ।May be an image of text that says "बिज्ञप्ति आज मिति २०७९/०४/२० गते पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देडवाज्यूको अध्यक्षतामा बस्यो बैठकले अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा प्रदेशसभाको निर्वाचनमा पाँच दलीय गठवन्धन बिच चुनावी तालमेल गरि अगाडी बढूने निर्णय गर्यों। অवदযার शेरवहादूर देडवा पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्रीतथा तथा अध्यक्ष सभापति नेपाली काँग्रेस नेकपा (माओवादी केन्द्र) माधव कुमारनेपाल अध्यक्ष नेकपा(एकीकृत समाजवादी) 3uK उपेन्द्र यादव दुर्गा पौडेल अध्यक्ष अध्यक्ष जनता समाजवादी पार्टी राष्ट्रिय जनमोर्चा"

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षमा आज गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटरमा बसेको थियो । बैठकले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गरी अगाडि बढ्ने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कांग्रेस सभापति देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरी बैठकका निर्णय सार्वजनिक गर्नुभएको छ ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array