बीमक कम्पनी गाभ्नुअघि कर्मचारीको रोजगारी सुनिश्चित गर्न माग

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ श्रावण २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ, बीमक कम्पनी गाभ्नुअघि त्यहाँ कार्यरत कर्मचारीको उचितरूपमा व्यवस्थापन गर्न नेपाल वित्तीय सङ्घ राष्ट्रिय समितिले माग गरेको छ ।

सङ्घका अध्यक्ष पद्मराज रेग्मी र महासचिव हरिराज खरेलले  जारी गर्नुभएको विज्ञप्तिमा संस्थाका कर्मचारी विनियमअनुसार नियमितरूपमा हुनुपर्ने कामकारबाहीलाई मर्जरको बहानामा अवरुद्ध नगर्न माग गर्नुभएको हो । रिक्त दरबन्दीको पदपूर्ति प्रक्रियालाई नियमितता दिन पनि सङ्घले बीमा समितिसँग माग गरेको छ ।

सङ्घले समितिका अध्यक्षलाई पनि आजै ध्यानाकर्षणपत्र बुझाएको जनाएको छ । श्रम ऐन तथा ट्रेड युनियन ऐनले निर्दिष्ट गरेका कर्मचारीको नियमितरूपमा हुनुपर्ने वृत्ति विकास र सामूहिक सौदाबाजीलाई मर्जरका रूपमा ठप्प नपार्न पनि ध्यानाकर्षण गराएको छ । बीमा कम्पनीको मर्जर तथा प्राप्तिको समयावधिलाई निश्चित गर्न पनि सङ्घले जोडदार माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array