पार्टीको प्रवक्ता जस्तो मान्छेले फेसबुकमा उत्सृङखल पाराले उम्मेद्धवारी घोषणा गरेको देखेर लाज लाग्यो : नेता जगदिश्वर नरसिंह केसी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ श्रावण २०७९, शनिबार
3 Min Read
Aa

काठमाण्डौं । नेपाली काँग्रेस नुवाकोटका निर्वातमान सभापति एवं संविधान सभा सदस्य जगदिश्वर नरसिंह केसीले पार्टीले आधिकारीक उम्मेद्धवार नबनाँउदै जिम्मेवार नेताले फेसबुकमा उत्सृङखल तरीकाले उम्मेद्धवारी घोषणा गरेको देखेर आफुलाई लाज लागेको बताउनुभएको छ ।
काठमाण्डौंमा शनिबार बिहान आयोजना गरिएको एक कार्यक्रममा बोल्दै केसीले पार्टीले आधिकारीक उम्मेद्धवार नबनाए सम्म उत्सृंङखल तरीकाले उम्मेद्धवार घोषणा गर्नुको कुनै अर्थ नभएको बताउनुभयो ।
पार्टी प्रवक्ता डा प्रकाशशरण महतले केहि दिन अघि आफ्नो निवास धापासीमा केहि अनलाइन र युट्युवरहरुलाई बोलाएर आफु नुवाकोट क्षेत्रनं १ बाट उम्मेद्धवार बन्न चाहेको बताउनु भएको थियो । पार्टीक प्रवक्ताको नाम नलिई नेता केसीले भन्नुभयो “दुई चारवटा अनलाइनमा समाचार लेख्न लगाएर उम्मेद्धवार हुने भए म भोली ५० वटा जति अनलाइनमा समाचार लेख्न लगाँउ ? तर म त्यो उत्श्रृङखल मान्छे होइन । फेसबुकमा उत्सृङखल पाराले उम्मेद्धवारी घोषणा गरेको देखेर मलाई लाज लाग्यो । पार्टीले निर्णय नगरे सम्म कोहि उम्मेद्धवार हुंदैन जिम्मेवार पदमा बसेका मनिसले त्यस्तो हर्कत गरेको सुहाएन ।”

May be an image of 1 person, sitting and indoor
नुवाकोटको दुई वटा क्षेत्र मध्य कुनै एकबाट आफु संघमा चुनाव लडन चाहेको बताँउदै नेता केसीले अरु भन्दा आफु कुनै हिसाबले कम्जोर नभएको दावी गर्नुभयो । संघको टिकटमा अरुलाई छाडेर प्रदेशमा चुनाव लडन लागेको भनेर बजारमा गलत हल्ला चलाइएको भन्दै नेता केसीले प्रदेशमा चुनाव लडने भनेर कही कोहीसंग सहमती नभएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो “म प्रदेशमा चुनाव लडने कहि कोहिसंग सहमती भएको छैन् । पाए संघमानै चुनाव लडने इच्छा हो पार्टीले जे निर्णय गर्दछ त्यो स्वीकार गर्ने छु, तर म एक नम्बर वा दुई नम्बर कुनमा चुनाव लडछु भन्ने चाँही अहिले भन्दीन । जुनसुकै क्षेत्रमा पनि पार्टीले पठाएमा चुनाव लडन तयार छु”
पार्टी प्रवक्ता महत प्रति लक्षीत गदै नेता केसीले महत पटक पटक चुनावमा पराजीत भए पनि क्रेनले तानेर माथी लगिएको बताउनुभयो । उहाँले भन्नुभयो “ म पनि कोही भन्दा कम्जोर उम्मेद्धवार होइन् । मै हु भन्नेलाई अरु केहि हैन भन्ने लागेको होला । कोहि मानिसलाई क्रेनले तानेर कहाँ पुग्ला आफ्नो ठाँउमा छ म जनताबाट अनुमोदीत भएर आएको नेता हुं । जहिले पनि जनतामा पुगेको मानिस हो म, जनताको दुख सुखमा पुगको मानिस हुं, गाँउगाँउ टोल टोल र व्यक्ति व्यक्ति सम्म पुगेको छु ।”
सम्बोधनको क्रममा नेता केसीले प्रवक्ता डा महतको नाम नलिइकन पटक पटक अस्वीकृत भइसकेको मानिस फेरी चुनाव नलडन सुझाब दिनुभयो ।
पार्टी भित्रको आन्तरीक निर्वाचनमा सहयोग नगरेकालाई नुवाकोटमा धमाधम कारबाहीको डण्डा बर्षाको बताँउदै नेता केसीले आफुलाई सहयोग गरेको आधारमा कोही कसैलाई कारबाही गरिएमा त्यसको प्रतिबाद गर्ने बताउनुभयो ।
पार्टीको आन्तरीक निर्वाचनका क्रममा भएका तिता मिठा अनुभबलाई संघालेर पार्टी एक ढिक्का भएर निर्वाचनमा जानुपर्ने बताँउदै नेता केसीले छरिएर रहेको तरुण र नेविसंघको शक्तिलाई पार्टीले निर्वाचनमा प्रयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा शिवपुरी गाँउपालीकाका अध्यक्ष गोबिन्दप्रसाद थपलिया, नेपाली काँग्रेस शिवपुरीका सभापति कविराज गुरुङ, नेपाली काँग्रेसका युवा नेता निरञ्जन थापा लगायतको उपस्थीति थियो ।

 

केसीले गरेको पुरा सम्बोधन सुन्न तलको लिङ्क मा जानुहोस ।

https://www.facebook.com/100004109980733/videos/744418860148655/

प्रतिक्रिया दिनुहोस्