नुवाकोटमा गएराती बाढी र पहिरोले आधादर्जन पक्कीपुलमा क्षती, धान खेतीमा बाढी पस्यो,सडक अवरुद्ध

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २५ श्रावण २०७९, बुधबार
2 Min Read
Aa

रबिन थपलिया । नुवाकोट । अबिरल बर्षा पछि आएको बाढी र पहिरोका कारण नुवाकोटका आधादर्जन बढी पक्की पुल र धानखेतीमा क्षती पुगेको छ । पुलमा बाढीले क्षती गरेसंगै ति स्थानहरुमा यातायात समेत अवरुद्ध भएका छन् । नुवाकोटको शिवपुरी, लिखु, तादी, पञ्चकन्या, दुप्चेश्वर गाँउपालीकाका पक्कीपुलहरु र केहि खेतीयोग्य जमिनमा बाढी र पहिरोले क्षती पु¥याएको छ । बर्षा पछिको बाढी र पहिरोले दुप्चेश्वर गाउँपलिकाको राउतबेसी र पञ्चकन्या गाँउपालीकाको सिमराका धान खेतीमा ठुलो क्षती पुगको छ भने पशु चौपाय समेत बगाएको छ ।
अबिरल बर्षासंगै आएको तादि खोलाको भेलले दुप्चेश्वर गाँउपालीका ३ राउतवेशि, तादि ४ सातविसे र पञ्चकन्या ४ थप्रेक जोड्ने पक्कि पुलमा क्षती पु¥याएको छ । त्यस्तै पञ्चकन्या २ आप्र र तादि ५ वाहुनवेशि जोड्ने पक्कि पुलमा समेत क्षती पुगेको छ । बाढीले पञ्चकन्या १ को सिमारा फँट, लिखु गाँउपालीका ३ सुर्यमति र वडा नं १ ढिकुरे जोड्ने पक्कि पुलमा क्षति पु¥याएको छ ।
नेपाली काँग्रेस नुवाकोटका युवा नेता कृष्ण मिश्रले बाढी २०५२ साल यताकै ठुलो भएको र पुलहरुमा क्षती गरेको भन्दै चाँडो भन्दा चाँडो मर्मत गरेर यातायात सुचारु गर्न स्थानीय प्रशासनसंग अनुरोध गरेका छन् ।
त्यस्तै सातबिसे र थप्रेक जोडने तादी खोलको पुल भीषण बाढीले एउटा भाग ध्वस्त बनाएका कारण उक्त सडक अवरुद्ध भएको छ ।
बाढीले लिखु गाउँपालिका ढिकुरेको पक्की पुल एकातिर क्षति पु¥याएकाले त्रिशुली–काठमाडौ सडक अवरुद्ध भएको छ ।
नेपाल रेडक्रस सोसाइटी बाग्मती प्रदेशका महासचिब एवं नेपाली काँग्रेस नुवाकोट १ ख का सभापति रामजी पौडेलले जोखिम क्षेत्रका नागरिक हरु लाई उच्च सतर्कता अपनाउनु हुन अनुरोध गदै तत्काल बस्ती संरक्षण र मानवीय र भौतिक क्षति रोक्न तर्फ चाडो भन्दा चाडो ध्यान दिन स्थानीय प्रशासनसंग माग गरेका छन् ।

May be an image of road

May be an image of mountain, nature and tree

May be an image of outdoors

May be an image of tree and outdoors

May be an image of 11 people, people standing and road

May be an image of body of water

sdfd

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array