काँग्रेस नेता जगदिश्वर र डा केदारनरसिंहद्धारा नुवाकोटमा बाढीग्रस्त क्षेत्रको स्थलगत अनुगमन, उचित क्षतीपुर्ती दिन सरकारकारलाई आग्रह

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २७ श्रावण २०७९, शुक्रबार
2 Min Read
Aa

नुवाकोट । नेपाली काँग्रेस नुवाकोटका पुर्वसभापति एवं युवा नेता जगदिश्वरनरसिंह केसी र प्रजातान्त्रीक बिचार समाजका अध्यक्ष डा. केदारनरसिंह केसीले बाढी र पहिरोले क्षती गरेका नुवाकोटका बिभिन्न स्थानहरुको अवलोकन गर्नुभएको छ ।

No description available.
अविरल बर्षाको कारणले नुवाकोट जिल्लाको क्षेत्र नं १ को तादी खोलामा आएको बाढीबाट जिल्लाको क्षेत्र न १ को दुप्चेश्वर ३ राउतबेसी , तादी ४ सातबिसे र पञ्चकन्या ४ थप्रेक जोड्ने पक्कि पुल ,पञ्चकन्या २ आप्र र तादी ५ बाहुनबेसी जोड्ने पक्कि पुल र पञ्चकन्या १ को सिमारा फाट र लिखु ३ सूर्यमती र १ ढिकुरे जोड्ने पक्कि पुलहरुमा व्यापक क्षति पुगेको थियो । क्षतीग्रस्त क्षत्रको बिहिबार केसी दाजुभाई सहितले अनुगमन गरी किसानका धानबाली, सडक लगायतका भौतिक क्षती प्रति दुख व्यक्त गर्नुभयो ।
काँग्रेस नेता जगदिश्वरनरसिंह केसीले बाढी र पहिरोका कारण नुवाकोटका आधादर्जन बढी पक्की पुल र धानखेतीमा क्षति पुगेको र पशु चौपाया समेत बगाएको उल्लेख गर्दै उद्दारकार्यमा जुट्न सबैमा आग्रह गर्नुभएको छ ।
नेता केसि ले जोखिमयुक्त क्षेत्रमा रहनुभएका आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुलाई उच्च सतर्कता अपनाउनु हुन पनि अनुरोध गर्नुभयो ।
उहाँले प्राकृतिक विपद्को यस घडीमा मानवीय तथा भौतिक क्षति रोक्दै बस्ती संरक्षणमा लाग्न, यथाशीघ्र उद्वार र राहतकार्यमा सरिक हुन सम्बन्धित सबैमा अनुरोध गर्दै तत्काल क्षतिको यथार्थ आंकलन गरी यथाशीघ्र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसंग माग गर्नुभयो।
कांग्रेस नेता केसिले नेपाल सरकारका विभिन्न निकायलाई बाढी पहिरोले पुर्याएको सडक, पुल, खानेपानी आयोजना,सिंचाई आयोजना लगायतका संरचनाहरुको अनुगमन मूल्यांकन गरेर यथाशिघ्र मर्मत, संभार र पुनर्निमाण गरी जनजीवन सामान्य अवस्थामा ल्याउन विशेष ध्यान दिन समेत आग्रह गनुभयो।

तस्वीर:बिजय ढुंगाना

No description available.

No description available.

No description available.

No description available.

sds

प्रतिक्रिया दिनुहोस्

Array