नेपाल भारतको सम्बन्ध आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्ने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २८ श्रावण २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं,  उपसभामुख पुष्पा भुषालले नेपाल भारतबीच रहेको परम्परागत सम्बन्धलाई आगामी दिनमा आर्थिक विकासमा केन्द्रीत गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । रक्षावन्धनको अवसरमा  पर्साको वीरगञ्जमा नेपाल–भारत सहयोग मन्चद्वारा आयोजीत कार्यक्रममा उहाँले सामाजिक, सांस्कृतिक र कुटनीतिक रुपमा रहेको सम्बन्ध आर्थिक क्रियाकलाप र पूर्वाधार विकासमा विस्तार गर्नुपर्ने धारणा राख्नुभयो ।

भारतका सांसद एवंम् भारतीय जनता पार्टीका नेता डा सञ्जय जयसवालले नेपाल र भारतबीचको सम्बन्ध आगामी दिनमा अझै बलियो र सुमधुर बनाउँदै लानुपर्ने धारणा राख्नुभयो । मधेश प्रदेशका खानेपानी तथा ऊर्जा विकास मन्त्री ओमप्रकाश शर्मा, पूर्वमन्त्री अजय चौरसिया, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलगायतले नेपाल र भारतबीचको ऐतिहासीक सम्वन्धबारे सो अवसरमा चर्चा गर्नुुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array