स्थानीय तहमा काँग्रेसबाट बिजयी भएका देशैभरका जनप्रतिनिधि काठमाण्डौंमा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३० श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ — नेपाली कांग्रेसले सोमबार स्थानीय तहका जनप्रतिनिधिहरूको भेला आयोजना गरेको छ । बैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित देशभरका जनप्रतिनिधिहरू आइतबार काठमाडौं आइपुगेका छन् ।
कांग्रेसले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई स्थानीय सरकार सञ्चालन र कांग्रेसको नीति तथा घोषणापत्रका विषयमा अभिमुखीकरण गर्न लागेको हो ।
सोमबार र मंगलबार अभिमुखीकरण कार्यक्रम हुँदैछ । ललितपुरको होटल हेरिटेज गार्डेनमा हुने अभिमुखीकरण कार्यक्रमको पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार विहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।सहमहामन्त्री जीवन परियारले कांग्रेसबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामनासहित अभिमुखीकरण गर्नकालागि भेला आयोजना गरिएको बताए । स्थानीय तह निर्वाचनमा कांग्रेसबाट ३२९ जना प्रमुख÷अध्यक्ष र ३०१ जना उपप्रमुख÷उपाध्यक्ष निर्वाचित भएका थिए ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array