रबिन थपलिया । काठमाण्डौं । नेपाली काँग्रेस नुवाकोटका सभापति रमेश महत आइतबार बाग्मती प्रदेशका भौतिक पुर्वाधार मन्त्री कृष्ण भडेल, बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री कल्पना नेपाली सहित नुवाकोटका बाढी पहिरो पिडीतलाई भेटन राउतबेसी पुगेका छन् ।
साउन २४ गते आएको बाढी र पहिरोबाट बढी क्षती भएको नुवाकोटको दुप्चेश्वर गाँउपालीकाको राउतबेसीमा प्रदेशका मन्त्री, राज्यमन्त्री, प्रभावीत गाँउपालीकाका अध्यक्ष सहित सभापति महत बाढी पहिरो पिडीतलाई सहयोग गर्न पुगेका हुन् ।
बाग्मती प्रदेशका भौतिक पुर्वाधार मन्त्री कृष्ण भडेलले बिपदको पिडा नुवाकोटको मात्र नभएर समग्र बाग्मती प्रदेशकै पिडा ठानेर आफु बाग्मती प्रदेशकै नेतृत्व गरेर नुवाकोट आएको बताए ।
मन्त्री भडेलले भने “हामी यो पिडा हेर्न, केहि भन्न र भाषण गर्न मात्र आएका हैनौं, अबिलम्ब धेर थोर सहयोग गर्ने भनेरै आएका हौं, तपाँइहरुको समस्या हाम्रो समस्या हो भनेर बुझेर हामी यहाँ आएका हौं । अहिलेको एजेण्डा भनेको तपाँईहरुको पिडालाई मलम लगाउने हो, त्यो हुन्छ नै ”
दैबिक बिपत्तीको पिडामा सदैब प्रदेश सरकारको साथ रहने बताँउदै मन्त्री भडेलले यो बिषय कसरी क्रमागत रुपमा हल गर्न सकिन्छ भनेर प्रदेश सरकार गम्भीर रुपमा लागेको बताए ।
मन्त्री भडेलले प्रदेश मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, काँग्रेस प्रवक्ता डा.प्रकाशशरण महत र काँग्रेस सभापति रमेश महत सहितको आग्रहमा आफु नुवाकोट आइपुगेको बताए । उनले भने “नुवाकोट आउने भनेपछि मैले उपसभामुख राधीका तामाङलाई पनि संगै जाँउ भनेर फोन गरेको थिए, उहाँले दुई चार दिन पछिसंगै जाँउला भन्नुभयो, यो ढिलो गर्ने समय जस्तो नलागेर म आजै नुवाकोट आएको हुं ”
आज म यहि बसेर भोली स्थानीय निकायले के गर्ने, जिल्ला र प्रदेशले के गर्ने भन्ने छलफल गरेर, निक्योल निकालेर मात्र र्फकने छु मन्त्री भडेलले भने “साथीहरुले हेलीकप्टर चढेर हेर्न जाँउ भनेका थिए, मैले हैन, हेलीकप्टर चढने पैसा बचाएर तपाँईहरुलाई सहयोग गर्नुपर्दछ भने सडकबाट आएको हुं”
नेपाली काँग्रेस नुवाकोटका सभापति रमेश महतले नुवाकोटका बाढीपिडीतका समस्याबारेमा प्रदेश सरकारले अल्पकालीन र दिर्घकालीन रुपमा समाधानको उपाय खोजी गर्नुपर्ने बताए । महतले बाढीपहिरोबाट अवरुद्ध बिद्युत लाइन, खानेपानी, सडक तत्काल सुचारु हुनुपर्ने बताँउदै पहिरोका कारण पुरीएको अन्नबालीको किसानलाई क्षतीपुर्ती दिनुपर्ने बताए ।
नेता महतले पहिरोका कारण जोखिमपुर्ण रहेका दुप्चेश्वर गाँउपालीका वडा नं ३ राउतबेसीका बस्तीलाई स्थानानतरण गरिनुपर्ने बताए ।
नुवाकोटको वाढि प्रभावित क्षेत्रको स्थलगत निरिक्षणमा बागमति प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री कृष्णलाल भडेल, प्रदेश स्वास्थ राज्यमन्त्री माननीय कल्पना नेपाली, नेपाली कांग्रेस नुवाकोटका सभापति रमेशकुमार महत, लिखु गाँउपालीकाका अध्यक्ष ध्रुर्व श्रेष्ठ लिखु गाँउपालीकाका अध्यक्ष सन्तमान तामाङ, तादि गाँउपालीकाका अध्यक्ष शंखर थापा, नेपाली काँग्रेस लिखु ६ का सभापति बिनोद पाठक, दुप्चेश्वर गाँउपालीकाका निवर्तमान अध्यक्ष र उपाध्यक्ष योविन्द सिंह तामाङ,अन्जु आचार्य, नेपाली काँग्रेसका जिल्ला सदस्य कृष्ण मिश्र, नेपाली काँग्रेसका युवा नेता रामजी पौडेल, पुर्व वडा अध्यक्ष सुनबहादुर तामाङ लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, जिल्ला स्थित कार्यालय प्रमुखहरु सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस्