राष्ट्रिय समाचार समितिको सञ्चालक सदस्यमा अधिकारी नियुक्त

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३० श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाण्डौं । नेपाल सरकारले राष्ट्रिय समाचार समिति (रासस) को सञ्चालक समिति सदस्यमा दसौँ तहका वरिष्ठ अधिकृत कृष्ण अधिकारीलाई मनोनयन गरेको छ ।
यही साउन २० गतेको मन्त्रिस्तरीय निर्णयबाट आगामी चार वर्षका लागि अधिकारीलाई सञ्चालक सदस्यमा मनोनयन गरिएको हो । राष्ट्रिय समाचार समिति ऐन, २०१९ को दफा ८ को उपदफा ९१० को खण्ड (ङ) बमोजिम अधिकारीलाई राससका कर्मचारीहरुको तर्फबाट सञ्चालक सदस्यमा मनोनयन गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । २३ वर्ष अगाडि सेवा प्रवेश गर्नुभएका अधिकारी राससको आलेख सम्पादन शाखाको प्रमुख हुनुहुन्छ । उहाँले यसअघि प्रमुख समाचारदाता, समाचार सम्पादकको भूमिका निर्वाह गरिसक्नुभएको छ । नवनियुक्त राससका सञ्चालक सदस्यलाई सगरमाथा पोष्टको तर्फबाट हार्दिक बधाई र सुभकामना ।

प्रतिक्रिया दिनुहोस्

Array