टानको अध्यक्षमा काँग्रेसको समर्थन रहेको निलहरी बाँस्तोला सहित टिमको सानदार जित,कस्ले कति मत पाए ? 

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३१ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । पर्वतीय पर्यटन व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)को अध्यक्षमा निलहरि बाँस्तोला निर्वाचित भएको छ । नेपाली काँग्रेस, नेकपा एकिकृत समाजबादी र नेकपा एमालेको समर्थनमा बनेको टिमको नेतृत्व गरेका बास्तोला समुहले टानमा एक सदस्य बाहेक सबै पदमा बिजयी हाँसील गरेको छ । टानमा माओबादीका तर्फबाट रामप्रसाद सापकोटा ‘कमल’को टिम चुनावी मैदानमा उत्रिएको थियो ।
टानको ४४ औं वार्षिक साधारणसभा तथा निर्वाचनबाट ६१६ मत सहित बाँस्तोला अध्यक्षमा निर्वाचीत भएका हुन् । अध्यक्षका प्रत्याशी रामप्रसाद सापकोटा ‘कमल’ले २६४ , र स्वतन्त्र उम्मेद्धवार बोधराज भण्डारीले ४४ मत पाए ।
टानमा एक सदस्य बाहेक सबै बाँस्तोला समुहले बाजी मारेको छ । निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा कृष्ण प्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रदिप पण्डित, द्दितिय उपाध्यक्षमा धन बहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा (बाबु) , सचिवमा होमनाथ भट्टराई, कोसाध्यक्षमा पुरुसोत्तम तिमल्सिना निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरूमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेशबहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा, सजना त्रिपाठी र कृष्णबहादुर परियार विजयी भएका छन । विजयी भएका सदस्य मध्येका परियार भने रामप्रसाद प्यानलका हुन । उनले १० मतको अन्तरमा बास्तोला समूहका हेमबहादुर कार्कीलाई पराजित गरे ।

कस्ले कति मत पाए ? 

df

 

प्रतिक्रिया दिनुहोस्

Array