तारकेश्वरका मेयर कृष्णहरीको नेतृत्वमा बालेन्द्र र महानगरको टोली सहित मुडखु–तिनपिप्ले सडकको अबलोकन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३१ श्रावण २०७९, मंगलवार
2 Min Read
Aa

रबिन थपलिया । नगरवासीको गुनासो आएपछि तारकेश्वर नगरपालीकाका मेयर कृष्णहरी महर्जनले काठमाण्डौं महानगरपालीकाका मेयर बालेन्द्र शाह, प्राविधिक सहित महानगरको टोलीलाई मुडखु– तिनपिप्ले सडकको अनुगमन गराएका छन् ।
साउन ३१ गते बिहान महर्जनको नेतृत्वमा महानगरका मेयर शाह, वडा अध्यक्ष ख्याम तिवारी, प्राविधिक टोली, सडक विभागका कर्मचारी, तारकेश्वर नगरपालीकाकी उपमेयर सृजना बुर्लाकोटी, नगरपालीकाका वडा अध्यक्षहरु, नगरपालीकाका प्रशासन शाखाका नासु राजु तिमिल्सीना,तारकेश्वरको प्राविधिक सहितको टोलीले सडकको अनुगमन गरेको छ ।
काठमाण्डौं उपत्यकाको फोहर सिसडोल र बञ्चरेडाँडामा बिर्सजन गर्नका सोहि बाटो हुंदै दैनिक सयौं गाडीहरु गुडने गरेका छन् । फोहरका गाडीहरुले अव्यवस्थीत रुपमा फोहर बोक्ने र सडकमा समेत फोहर खसाल्नाले दुर्गन्ध बढेको, सडक खाल्डाखुल्टी भएका कारण सहज आवागमनमा समस्या भएको भन्दै सर्वसाधारणले टोलीहरुलाई गुनासो गरेका थिए ।

May be an image of 4 people and outdoors
अनुगमनका क्रममा मेयर बालेन्द्र शाहले फोहर बोक्ने गाडीहरुलाई सावधानी अपनाएर व्यवस्थीत रुपमा फोहर बोक्नको लागि निर्देशन दिने बताए । शाहले फोहरका कारण सडक आसपासमा बसोबास गर्ने सर्वसाधारणलाई समस्या हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
अनुगमनका क्रममा तारकेश्वरका मेयर कृष्णहरी महर्जनले तारकेश्वरबासी जनतालाई आईपर्ने हर दुखमा नगरपालीका साथमा रहेको बताँउदै व्यवस्थीत रुपमा फोहर लैजानका लागि महानगरका गाडीलाई अवरोध नर्गन आग्रह गरे ।
मेयर महर्जनले भने “म तपाँईहरुको समस्यालाई सम्बोधन गर्नका लागिनै भनेर आएको हुं, यो वा त्यो कारणले सडक अवरुद्ध नगरीदिनुस, तपाँईहरुको समस्यालाई नगरपालीकाले समन्वय गरेर भएपनि समाधान गर्ने छ”
सडक अनुगमनका क्रममा सडक विभागका प्रतिनिधिले पहिरो र हिलोका कारण सडकमा भएका अवरोध तत्काल हटाउँदै सर्वसाधारणलाई सहज रुपमा आवागमन गर्ने वातावरण तयार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

May be an image of 8 people and road

May be an image of 5 people, beard, people standing and outdoors

May be an image of 7 people, people standing, tree and road

No description available.

sdd

प्रतिक्रिया दिनुहोस्

Array