तारकेश्वर नगरपालीकाका मेयर महर्जन जापान भ्रमणका लागि प्रस्थान, जापानका उच्च सरकारी अधिकारीसंग भेट गर्ने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

रबिन थपलिया । तारकेश्वर नगरपालीकाका मेयर कृष्णहरी महर्जन बिदेश भ्रमणको लागि जापान प्रस्थान गर्नुभएको छ ।
भाद्र ७ गते राती १० बजे नेपाल बायुसेवा निगमको जहाज मार्फत महर्जन जापान भ्रमणको लागि प्रस्थान गर्नुभएको हो । काठमाण्डौं उपत्यकामा बिकराल समस्या बन्दै गइरहेको फोहरमैला व्यवस्थापन बारेमा अध्ययनका लागि मेयर महर्जन जापान भ्रमणका लागि प्रस्थान गर्नुभएको हो । मेयर महर्जनसंगै नगरपालीकाका प्रशासन शाखाका नासु राजुप्रसाद तिमिल्सीना जापान भ्रमणमा रहनु भएको छ । जापान भ्रमणका क्रममा महर्जनले फोहरमैला व्यवस्थापन सम्बन्धी सरोकारवाला निकाय तथा जापानका उच्च सरकारी अधिकारी र राजनैतिक दलका नेताहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
जापान प्रस्थान गर्ने क्रममा मेयर महर्जनलाई नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमीरे, मेयर महर्जनका सहयोगी हिरा महर्जन सहित नगरपालीकाका कर्मचारीहरुले मेयर महर्जनलाई बिमानस्थलबाट बिदाई गर्नुभएको थियो ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array