बाँकेमा मिटरब्याजीविरुद्ध उजुरी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ,  जिल्ला प्रशासन कार्यालय बाँकेमा मिटरब्याजीविरुद्ध उजुरी दिएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्न आह्वान गरेपछि भदौ ५ गतेसम्म १५ जनाले उजुरी दर्ता गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत रामकुमार सोनकरले जानकारी दिनुभयो ।

“उजुरी आएपछि यस विषयमा बोलाएर छलफल गरेका छौँ”, उहाँले भन्नुभयो । प्रशासन कार्यालयमा परेका उजुरी नेपालगञ्ज उपमहानगरपालिकासहित कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिकालगायतका छन् । मिटरब्याजीले थोरै पैसा लगानी गरेर रु १० लाखदेखि रु २० लाखसम्मको कागज गरेको उजुरीमा उल्लेख छ ।

अधिकृत सोनकरका अनुसार मिटरब्याजीविरुद्ध उजुरी आउने क्रम जारी छ । उजुरीबारे गृह मन्त्रालयलाई पत्राचार गरिएको उहाँले बताउनुभयो । कतिपय मिटरब्याजीविरुद्ध अदालतमा समेत मुद्दा चलेको छ । मिटरब्याजीले निरक्षर तथा आर्थिकरूपले कमजोर रहेकामाथि शोषण गरेकाले कयौँ परिवार बिचल्लीमा परेको भन्दै उजुरी लिनका लागि स्थानीय प्रशासनलाई गृह मन्त्रालयले निर्देशन दिएको थियो ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array