उपत्यका स्तरीय अपराध अनुसन्धान समिक्षा गोष्ठी सुरु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ भाद्र २०७९, बुधबार
2 Min Read
Aa

रबिन थपलिया । नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग एवं काठमाण्डौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आयोजनामा प्रहरी प्रशिक्षण प्रतिष्ठानमा एक दिने उपत्यका स्तरीय अपराध अनुसन्धान समिक्षा गोष्ठी सुरु भएको छ ।
प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आज बिहान देखि सुरु भएको गोष्ठीको गृहमन्त्री बालकृण्ण खाँणले उदघाटन गर्नुभयो ।
गोष्ठीको उदघाटन गदै गृहमन्त्री खाँणले नयाँ प्रविधिको बिकाससंगै आपराधीक घटनाको स्वरुप र प्रबृत्तिमा भएको परिवर्तनले चुनौति थपिएको बताउनुभयो ।
गृहमन्त्री खाँणले नयाँ प्रविधि र विज्ञानको कारणले अपराध नियन्त्रणका लागि केहि सहजता भएको भएपनि त्यसले अपराध बृद्धि गर्ने क्रममा जटिलता बढाँउदै लगिरहेको बताउनुभयो
नागरीकको जीवन रक्षा, उसको सम्पत्ती र धनको रक्षा गर्ने दायीत्व राज्यको रहेको बताँउदै गृहमन्त्री खाँणले मिमित श्रोत साधनका बिच नागरीकलाई सुरक्षाको प्रत्याभुती गराउन प्रहरीले गरेको कामको राज्यले उच्च मुल्यांकन गरेको बताउनुभयो ।
कार्यक्रममा महान्यायधीवक्ता खम्ब बहादुर खत्रीले प्रहरीको एउटै मात्र विधि विज्ञान प्रयोगशाला हुंदामा आरोपीतहरुले दुख पाउने गरेको बताँउदै सातै प्रदेशमा प्रयोगशाला निर्माण गरिनुपर्ने बताउनुभयो ।
गृहसचीब टेकनारायण पाण्डेले त्रिभुबन बिमान स्थलमा गरिने सुरक्षा चेकिङलाई प्रभावकारी बनाउन सर्वसाधारणलाई जस्तै कार्गेका सामानहरुलाई पनि कडाइका साथ चेकजाँच गरिनुपर्ने बताउनुभयो ।
प्रहरी महानिरिक्षक धिरजप्रताप सिंहले साइबर क्राइमको मुद्धा काठमाण्डौं जिल्ला अदालतबाट मात्र हेरीदा सर्वसाधारणलाई सास्ती भइरहेको बताँउदै सातै प्रदेशबाट हेर्न मिल्ने गरी प्रदेश स्तरीय साइबरक्राइम बेञ्च राखिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो “दार्चुलाको कुनै व्यक्ति साइबर क्राइमको मुद्धाको लागि काठमाण्डौं आँउदा हदम्याद सकिने देखि सामान्य त्रुटीका कारण गम्भीर सजाँय भोग्नुपर्ने अवस्था भइरहेको छ, यसको अन्त्यको लागि सातै प्रदेशमा रहने गरी साइबर बेञ्चको स्थापना गरिनुपर्दछ”
कार्यक्रममा काठमाण्डौं महानगरपालीकाका मेयर बालेन्द्र शाहले कतिपय मानिसलाई आफुले अपराध गरेकै थाहा नहुने अवस्था रहेको बताँउदै अपराध के हो भन्ने बारेमा लिट्रेची हुनुपर्ने बताउनुभयो ।
मेयर शाहले सडकमा फोहर फाल्नु पनी अपराध रहेको बताँउदै फोहर फाल्नेहरुको सिसिटिभीबाट अनुगमन गरेर कारबाही गरिने बताउनुभयो ।
कार्यक्रममा नेपाल प्रहरीका डिआइजी भिम ढकाल, काठमाण्डौं महानगरपालीकाकी उपमेयर सुनिता डंगोल, महानगरीय प्रहरी कार्यालयका एआइजी रबिन्द्र धानुक लागायले गोष्ठीको सफलताको कामना गर्नुभएको थियो ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array