एमाले पोलिटब्युरो बैठक बस्दै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ९ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

 काठमाण्डौं । नेकपा (एमाले)को पोलिटब्युरो बैठक बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बिहान ११ बजे उक्त बैठक बस्ने एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार केन्द्रीय कमिटीमा पेश गर्ने राजनीतिक प्रतिवेदनबारे जानकारी गराउनुहुनेछ । भदौ १० र ११ गते पार्टीको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।

यही भदौ ७ गते बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्