महिलाहरुले प्रत्यक्ष चुनाव लडने हिम्मत गर्नुस : पुर्व रक्षामन्त्री भिमसेनदास प्रधान

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ९ भाद्र २०७९, बिहीबार
3 Min Read
Aa

रबिन थपलिया । पुर्व रक्षा मन्त्री एवं संघिय संसद भिमसेनदास प्रधानले मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा महिलाहरुले प्रत्यक्ष चुनाव लडेर जित्न सक्छु भन्ने हिम्मत गर्नुपर्ने बताउनुभएको छ ।
नेपाली काँग्रेस क्षेत्र नं ६ प्रदेश ख ले आज तिजको अवसरमा कान्तिपुर एवि पार्टी प्यालेस नेपालटारमा आयोजना गरेको तिज विशेष कार्यक्रममा बोल्दै नेता प्रधानले महिलाहरु समानुपातीकमा भन्दा प्रत्यक्ष निर्वाचन लडने आँट गरेर मैदानमा उत्रिनुपर्ने बताउनुभयो ।
नेता प्रधानले प्रत्यक्ष निर्वाचनमा गएपछि नेताको पहिचान बन्ने र हारेपनि सबैले चिन्ने अवस्था बन्ने बताउनुभयो । उहाँले भन्नुभयो “समानुपातीकबाट उम्मेद्धवार बनेर चुनावमा गएमा जनताले चिन्दैन र त्यो राम्रो नेता पनि हुन सक्दैन । समानुपातीबाट निर्वाचीत भएर संसद भवनमा आएका कति महिला नेतृहरुलाई हामी पनि चिन्दैनौं । प्रत्यक्ष चुनाव लडेपछि हारे पनि त्यो नेता बन्दछ, अनुहार नचिने पनि नामले थाहा हुने रहेछ ।”

No description available.
निर्वाचन हारेको आफुमा पनि अनुभब रहेको बताँउदै नेता प्रधानले भन्नुभयो “२०६४ मा काठमाण्डौंमा म आन्दोलनको नेतृत्व गर्ने नेता थिए, त्यही काम गरेको मुल्यांकनको आधारमा मलाई पार्टीले टिकट दियो चुनाव लडे तर ३ सय भोटले हारें, चुनाव हारेपछि त्यो बेलामा मैले संगठन बनाए, जुन संगठन अहिले पनि बलियो छ । त्यही संगठनले काठमाण्डौं क्षेत्र नं ६ काँग्रेसको गढको रुपमा देखिएको छ ।”
काठमाण्डौंमा पैसाको आधारमा चुनाव जितिन्छ भनेर पैसावालालाई टिकट दिइएमा भुल हुने बताँउदै नेता प्रधानले अरबपतीहरु निर्वाचनमा हारेको काठमाण्डौंको इतिहाँसबाट सबैले पाठ सिक्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “काठमाण्डौंमा पैसाले चुनाव जित्दैन, पैसाले जित्ने हो भने २०४३ सालको चुनावमा हरिबोल भट्टराईले हानुपर्ने हो नि किनकी उनका प्रतिष्पर्धी त्यसबेलाका अरबपती रुपज्योती मेयरमा चुनाव लडेका थिए”
कार्यक्रममा नेपाली काँग्रेस काठमाण्डौं क्षेत्र नं ६ का सभापति श्यामकृष्ण खडगीले तिजको मौलीक संस्कृति जोगाउन सबै लागि पर्नुपर्ने बताँउदै तिजको अवसरमा सबै महिला दिदिबहिनीहरुलाई सुभकामना दिनुभयो ।
कार्यक्रममा तारकेश्वर नगरपालीकाकी कार्यवाहक मेयर सृजना बुर्लाकोटी अर्यालले तिजको रौनकतासंगै मंसिर ४ मा हुने निर्वाचनको पनि चहलपहल सुरु हुन थालेको बताँउदै निर्वाचनमा पार्टीको आधिकारीक उम्मेद्धवारलाई जिताउन सबै महिला दिदिबहिनीहरु लागि पनुपर्ने बताउनुभयो ।
पार्टीका जिम्मेवार व्यक्तिहरु सामाजीक सञ्जालमा फलानोले टिकट पाएमा जित्छ र फलानोले हार्दछ भन्दै अनावश्यक प्रचारबाजीमा लागिरहेको बताँउदै कार्यबाहक मेयर बुर्लाकोटीले त्यसले नगर्न सबैलाई आग्रह गर्नुभयो ।

No description available.
कार्यक्रमको समापन गदै नेपाली काँग्रेस क्षेत्र नं ६ प्रदेश ख का सभापति बिष्णुभक्त तिमिल्सीनाले आफनु पाँच बर्षे कार्यकालमा प्रत्यक बर्ष तिजको कार्यक्रम आयोजना गरिने बताउनुभयो ।
कार्यक्रममा तारकेश्वर नगरपालीकाका बिभिन्न वडा अध्यक्षहरु, तारकेश्वर नगरकार्यपालीका सदस्यहरु, पार्टीका बिभिन्न भातृसंस्थाका प्रतिनिधिहरुको उपस्थीति रहेको थियो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

sd

प्रतिक्रिया दिनुहोस्

Array