निहारिकालाई मधेस सरकारले रु पाँच लाख सहयोग गर्ने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १० भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

धनुषा, मधेस प्रदेश सरकारले न्यायका लागि सङ्घर्ष गरिरहेकी निहारिका राजपुतलाई रु पाँच लाख सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।

मधेस प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले न्यायका लागि सङ्घर्ष गरिरहेकी निहारिकालाई रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो ।

मन्त्री साहले निहारिकालाई कानुनी लडाइँका लागि मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाको सिफारिसमा सो रकम सहयोग गरिएको जानकारी दिनुभयो । उहाँले न्यायाधिवक्ता कार्यालयबाट निहारिकालाई आवश्यक सहयोगसमेत प्रदान गरिने जानकारी दिनुभयो ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array