एक अर्बको लगानीमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रधानमन्त्री देउवाद्वारा उद्घाटन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ११ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

बुटवलमा एक अर्ब तीन करोड लागतमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) निर्माण भएको छ। यसको प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार उद्घाटन गरेका छन्।
उद्घाटन समारोहमा गृह मन्त्री बालकृष्ण खाँण, शहरी विकास मन्त्री मेटमणि चौधरी, नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थ मन्त्री विष्णु पौडेल र लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसी उपस्थित रहेका छन्।

बुटवलमा एक अर्बको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रधानमन्त्रीद्वारा उद्घाटन
सम्मेलन केन्द्रमा दुई हजार सात सय जना अट्ने क्षमता रहेको छ। नेपाली इन्जिनियरले नै डिजाइन गरेको सम्मेलन केन्द्र करीब साढे नौ बिघा क्षेत्रमा बनेको छ।
बुटवल चौराहादेखि पाँच सय मिटर पूर्वतर्फ बुटवल उपमहानगर–१० निर्माण भएको सम्मेलन केन्द्रमा मुख्य हलसहित १२ वटा हल रहेको आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताए। २०७१ पुसबाट निर्माण शुरू भएको थियो।
२०७६ कात्तिकसम्म पूरा गर्ने सम्झौता थियो। तर, कोरानाभाइरसको महामारी र रुख कटानमा ढिलाई भएकाले म्याद थप गरिएको थियो। २०७९ कात्तिकसम्म म्याद थप गरिएको भए पनि अगाडि नै सम्पनन भएको आयोजना प्रमुख पन्थीले बताए।

 

प्रतिक्रिया दिनुहोस्