प्रचण्डलाई काउण्टर दिन चितवन ३ बाट नन्दराज उपाध्यायले स्वतन्त्र उम्मेद्धवारी दिने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ११ भाद्र २०७९, शनिबार
2 Min Read
Aa

काठमाडौं, ११ भदौ । माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्र चितवन ३ बाट स्वतन्त्र उम्मेद्धवार नन्दराज उपाध्ययले उम्मेद्धवारी दिने घोषणा गरेका छन् ।
उपाध्यायले आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उम्मेद्धवारी घोषणा गरेका हुन् ।
नेपालमा सत्ता लिप्साको लागि लोकतन्त्रलाई धराशयी पारिएको उनको गुनासो छ । शीर्षस्थ नेताहरुले नै लोकतन्त्र बचाउन भूमिका नलेखेको उनको भनाई छ । उनले निर्वाचन रुपान्तरणको लागि पनि आफूले आवाज उठाएको सुनाए ।
सो क्रममा उनले नेताहरुमा विवेकशिलता, मानवता, न्यायशिलता, धर्मता, वाणी शक्ति, बौद्धि शक्ति, स्मरण शक्ति, कार्यदक्षता, कार्य योग्यता, कार्यकुशलता, भ्रष्टाचारमा शून्य सहनशिलता, सदाचारी, सधैं नागरिकप्रति उत्तरदायी भइरहनुपर्ने सुनाए ।
जनताले अब आफ्नो ब्रम्हदृष्टि जगाउनुपर्नेमा उनको जोड थियो । उनले आफूहरु अब कसैको गुलाम बन्न नहुनेतर्फ सबैलाई सचेत गराए । उनले राजनीति सबै नीतिको मियो भनेको भन्दै आधुनिक लोकतन्त्रमा सुधारिएको लोकतन्त्र भएको बताए ।
उनले आफूले जनतासामू गरेका वाचा पूरा नगरे कारबाही भोग्न तयार हुने सुनाए । उनले सो क्रममा उनले करारनामामा तमसुक पनि सार्वजनिक गर्दै आफूले जितिसकेपछि गद्दारी गरे जेल जाने पनि सुनाए । उनले आफूले चितवन बदलेर देखाउने सुनाए । उनले आफू स्वतन्त्र उम्मेद्धवार भएको भन्दै कुनै दलमा आवद्ध नभएको जिकिर गरे ।
आफू प्रचण्डलाई हराउनको लागि भन्दापनि विधिलाई प्राथमकिता दिनको लागि भएको सुनाए । उनले आफूले पात्रता ठीक हुनुपर्यो भनेर पाठ सिकाउनु भएको पनि स्पष्ट पारे । उनले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता ल्याउनको लागि प्रचण्डको ठूलो योगदान रहेको भन्दै आफूले प्रचण्डलाई सलुट गर्ने पनि सुनाए । तर, विधि र पद्धतीलाई जिताउनको लागि आफूले चितवन ३ बाट उम्मेद्धवारी दिन लागेको सुनाए । उनले आजबाट आफूलाई नन्दराजमात्रै नाम राखेको सुनाए ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array