नेपाली कांग्रेस बागमती प्रदेश सभापति बानियाँद्धारा दुर्घटनामा खुट्टा गुमाएका बस्नेतलाई कृतिम खुट्टा प्रदान

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १२ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाण्डौं । राजनीतिसंगै परोपकारी कार्यमा अग्रसर नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले हेटौंडाका एक युवालाई कृतिम खुट्टा सहयोग गर्नुभएको छ ।
२०७४ सालमा ट्रक दुर्घटनामा परी दाहिने खुट्टा गुमाएका हेटौंडा उपमहानगरपालिका ३ नर्सिङडाँडाका ४१ बर्षिय ईन्द्रबहादुर बस्नेतलाई ७५ हजार रुपियाँ बराबरको कृतिम खुट्टा सहयोग गर्नुभएको हो ।हात खुट्टा नहुनु भनेको जीवन नै अर्कै चरणबाट गुज्रिन बाध्य हुनु हो । मैले कृतिम खुट्टा उपलब्ध गराएर बस्नेतको जीवनमा रूपान्तरण ल्याउने सानो कोशिस गरेको हो । यसले बस्नेतको जीवनमा ठूलो फरक पार्नेछ भन्ने मेरो विश्वास छ ।’

May be an image of 5 people, people sitting and people standing
करिब साँढे दुईवर्ष अघि पनि उहाँले बस्नेतलाई ५० हजारको कृतिम खुट्टा उपलब्ध गराउनुभएको थियो । बस्नेत हाल हेटौंडामा अटोरिक्सा चलाएर जिवन निर्वाह गरिरहेका छन् ।

May be an image of 5 people, people sitting and people standing

प्रतिक्रिया दिनुहोस्