तारकेश्वरका मेयर महर्जन भोली नेपाल र्फकदैे, जापान भ्रमणको सबै खर्च आफैले व्यहोर्ने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १३ भाद्र २०७९, सोमबार
3 Min Read
Aa

रबिन थपलिया । औपचारीक भ्रमणका क्रममा जापानमा रहनु भएका तारकेश्वर नगरपालीकाका मेयर कृष्णहरी महर्जनले भ्रमणका लागि आफुले कुनै सरकारी सुविधा नलिने बताउनुभएको छ ।
तारकेश्वर नगरपालीका भित्रको फोहरमैला र ढलको उचित व्यवस्थापन तथा आधुनीक कृषि प्रणालीका नविनतम प्रयासहरुका बारेमा अध्ययन अवलोकनका लागि मेयर महर्जन भाद्र ७ गते जापान प्रस्थान गर्नुभएको हो । बिदेश भ्रमणका नाममा सरकारी सम्पत्ती दोहन भइरहेको समाचारहरु सुन्नमा आइरहेपनि मेयर महर्जनले भने आफनो भ्रमणमा लाग्ने सम्पुर्ण खर्च आफैले व्यहोर्ने बताउनुभएको छ । मेयर महर्जनले यस अघि तारकेश्वर नगरपालीकामा कार्यभार ग्रहण गरेसंगै नगरपालीकाबाट आफुले कुनै पनि तलब र सुविधा नलिने घोषणा गरिसक्नु भएको छ । तारकेश्वर नगरपालीकाका जनप्रतिनिधिहरुले यस अघि बिदेश भ्रमणका क्रममा नगरपालीकाबाट लाखौं रुपयाँ लिने गरेका थिए ।

No description available.
जापान भ्रमणमा रहनु भएका मेयर महर्जनले टोकियो नजिकैको चिवा शहरमा रहेका फोहरमैला प्रशोधन गर्ने बिभिन्न फ्याक्ट्रीको भ्रमण गर्नुभएको छ । चिवा शहरमा मात्र महर्जनले दुई दिन लगाएर त्यस्ता फ्याक्ट्रीहरुको अध्ययन अवलोकन गर्नुभएको हो । मेयर महर्जन हाल जापानको राजधानी टोकियोमा रहनु भएको छ । नेपाली समय अनुसार भाद्र १३ गते मेयर महर्जन फोरमैला प्रशोधनको क्रममा प्रयोग हुने मेसीन औजारहरुको फ्याक्ट्रीमा पुगेर अबलोकन गर्ने कार्यक्रम रहेको छ । नेपालमा आधुनीक प्रविधिको अभाव र फोहर कम्प्रेसन गर्ने मेसिन नहुंदा फोहरका गाडीहरुले आफ्नो क्षमता भन्दा कम फोहर बोकेर फोहर बिर्सजनका लागि जाने गरेका छन् । जापानमा भने फोहरलाई संकलन गरेर गाडीमानै रहेको मेसिले कम्प्रेसन गरेर गाडीको क्षमता अनुसार फोहर बिर्सजनका लागि लैजाने गरेका छन् जस्ले लागत र समयको समेत बचत हुने गरेको छ । भ्रमणका क्रममा मेयर महर्जनले त्यस्ता फोहर कम्प्रेसन गर्ने मेसिनहरु आफुले पनि हेरेको बताँउदै उचित लागेमा नगरपालीकाको लागि खरिद गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो “त्यस्तो मेसिन मैले पनि हिजो हेरेको छु आज त्यही मेसिन बनाउने फ्याक्ट्रीमा पुग्ने कार्यक्रम रहेको छ, मेसिन उपयुक्त लागेमा प्रकृया मिलाएर नगरपालीकाले खरिद गर्न सक्ने छ”

No description available.
फोहरको गाडी भित्रनै रहने कम्प्रेसन मेसिनले दुर्गन्ध रहित तरीकाले फोहर बिर्सजनका लागीसहयोग गर्ने मेयर महर्जनले बताउनुभयो ।
जापान भ्रमणको क्रममा मेयर महर्जनले त्यहाँ रहेका नेपाली समुदायका प्रतिनिधिहरु, जापानका उच्च सरकारी निकायका अधिकारीहरु र भोली जापानका लागि नेपाली राजदुतलाई भेट गर्ने कार्यक्रम रहेको छ । मेयर महर्जन एक साता लामो भ्रमण पुरा गरेर भाद्र १५ गते नेपाल र्फकने कार्यक्रम रहेको छ । जापान भ्रमणका क्रममा मेयर महर्जन सहित तारकेश्वर नगरपालीकाबाट नासु राजुप्रसाद तिमिल्सीना, तथा नार्गाजुन नगरपालिकाबाट मेयर मोहन बस्नेत, उपमेयर शुसीला अधिकारी, प्रशासन प्रमुख नारायण तिमिल्सिना,प्रदेश सासद प्रकाश श्रेष्ठ लगायतका टोली सहभागी रहेका छन ।

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस्

Array