नेपाली काँग्रेस काठमाण्डौं क्षेत्र नं ६ ख द्धारा प्रदेश सभाका लागि ५ उम्मेद्धवारको नाम सिफारीस, को को परे ?

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । नेपाली काँग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति काठमाण्डौं ६ ख द्धारा मंसिर ४ मा हुने प्रदेशसभाको निर्वाचनका लागि प्रत्यक्षमा ३ र समानुपातीकमा २ उम्मेद्धवारको नाम सिफारीस गरेको छ ।
जस अनुसार प्रदेश सभाको प्रत्यक्ष तर्फ प्रदेशसभा क्षेत्रीय कार्यसमिति काठमाण्डौं ६ ख का सभापति बिष्णुभक्त तिमिल्सीना, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि हरिहर अधिकारी र प्रदेशसभा क्षेत्रीय कार्यसमिति काठमाण्डौं ६ ख का सदस्य तथा नेपाली काँग्रेस बाग्मती प्रदेश प्रतिनिधि राजकुमार महर्जन डंगोलको नाम सिफारीस गरिएको छ ।

No description available.
त्यस्तै समानुपातीक तर्फ नेपाली काँग्रेस क्षेत्र नं ६ का क्षेत्रीय सभापति श्यामकृष्ण खडगी र प्रदेशसभा क्षेत्रीय कार्यसमिति काठमाण्डौं ६ ख की सचिब सीता घिमिरेको नाम सिफारीस गरिएको छ ।
नेपाली काँग्रेसको विधानको धारा ३२ (७) क को व्यवस्था बमोजिम नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रिय कार्यसमिति काठमाण्डौं ६ ख र यस क्षेत्र भित्रका महाधिवेशन प्रनिनिधिहरुको संयुक्त बैठकको निर्णय अनुसार बहुमतीय पद्धतिद्धारा उम्मेद्धवारहरुको नाम सिफारीस प्रदेशसभा क्षेत्रीय कार्यसमिति काठमाण्डौं ६ ख का सह सचिब हिरा महर्जनले बताए ।

प्रतिक्रिया दिनुहोस्

Array