नेपाली काँग्रेस काठमाण्डौं क्षेत्र नं ६ ख को आयोजनामा धुलीखेलमा प्रशिक्षण कार्यक्रम सुरु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । नेपाली काँग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति काठमाण्डौं ६ ख को आयोजनामा आज देखि धुलीखेलमा दुई दिने आवासीय प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
जनताको साथमा काँग्रेस अभियान अन्तर्गत आज देखी सुरु भएको प्रशिक्षण कार्यक्रममा प्रदेश क्षेत्रीय कार्यसमिति अन्तर्गतका नगर र वडा कार्यसमितिका पदाधीकारीहरु, सदस्यहरु, काँग्रेसका क्षेत्रीय प्रतिनिधिहरु, निर्वाचीत जनप्रतिनिधिहरु, सहित करिब २ सय ५० जनाको सहभागीता रहेको नेपाली काँग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति काठमाण्डौं ६ ख का सभापति बिष्णुभक्त तिमिल्सीनाले जानकारी दिनुभयो ।
प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय नेता, बिभिन्न विषयबिज्ञहरु लगायतले सहभागीलाई प्रशिक्षण दिने छन् । दुई दिन चल्ने आवासीय प्रशिक्षण कार्यक्रम भोली समापन हुने छ ।

May be an image of 4 people, people sitting and people standing

sdff

प्रतिक्रिया दिनुहोस्

Array